• काठमाडौं- नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकको निर्णयले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाएको छ । आज बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले विभिन्न महत्वपूर्ण अख्तियारी प्रदान गरेसँगै अध्यक्ष एवम् प्रधानमन्त्री ओली थप शक्तिशाली बनेका हुन् ।

    बैठकले बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक साँसदहरुको बन्द सुचिमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीलाई प्रत्यायोजन गरेको छ । पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ । यस्तै अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिईएको छ।

    बैठकले माधवकुमार नेपाल सहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ। नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो । उनीहरुलाई पार्टी हित विरुद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

    बैठकले ०७८ मंसिर २ देखि ६ गतेसम्म नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले विद्यमान २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…