• बीबीसी। श्रीदेवीले आफ्नो ५१ वर्ष लामो करियरमा फिल्मी पर्दामा निकै सफलता हासिल गरिन्। तर एक समय यस्तो पनि आयो की उनको निजी जिन्दगीमा भने धेरै उचार चढाव आयो।

    यो यस्तो बेला थियो, जब श्रीदेवी आफ्नो सफलताको शिखरमा थिइन् र पर्दा पछाडि उनको वास्तविक जीवनमा प्रेम कहानी लेखिँदै थियो। ९० को दशकमा श्रीदेवीले निर्माता बोनी कपुरसँग विवाह गरिन्। तर, त्यो बेला बोनी कपुर विवाहित थिए। दुवैको प्रेम कहानी ८० को दशकमा सुरु भयो जतिबेला बोनी कपुर निर्माताकालागि संघर्ष गरिरहेका थिए।

    वरिष्ठ फिल्मी पत्रकार तथा समिक्षक जयप्रकाश चौकसले भने, ‘मिस्टर इण्डिया फिल्म बनाउने योजना बनिरहेको थियो, तब लेखक जावेद अख्तर र बोनी कपुर श्रीदेवीलाई फिल्ममा अफर गर्न चेन्नइ गएका थिए। फोनमा श्रीदेवीकी आमाले पर्खन आग्रह गरिन्। कनिभने त्यो बेला श्रीदेवी व्यस्त थिइन्। करिव चार दिनसम्म फोनको रिप्लाई आएन।’ उनले अगाडि भने, ‘जावेद अख्तर काम नबन्ने भयो भनेर चिन्तामा हुनुहुन्थ्यो भने बोनी कपुर पनि चिन्तामा थिए किनभने मिस्टर इण्डिया निकै ठूलो फिल्म बन्न जाँदैथियो।’ बोनी कपुर श्रीदेवीको घरमा धाउन थाले। दश दिनपछि श्रीदेवीले भेट्ने समय दिइन्। फिल्मको कहानी सुनिन र फिल्ममा काम गर्न राजी भइन्।



    पाँच वर्ष अगाडि इण्डिया टुडेको सार्वजनिक कार्यक्रममा बोनी कपुरले आफ्नो प्रेम कहानी यसरी सुनाएका थिए, ‘जब मैले श्रीदेवीलाई पहिलो पटक पर्दामा देखेँ, त्यतिबेलै मलाइ प्रेम भएको थियो। मैले उनलाई ७० को दशकमा तमिल फिल्ममा देखेको थिएँ र उनीसँग भेट्न चेन्नइ गएको थिएँ, ताकि फिल्ममा साइन गराउनु सकुँ। तर त्यो बेला उनी चेन्नईमा थिइनन्। फेरि मैले उनलाई सोलवाँ सावनमा देखेँ। आखिर मैले उनलाई मिस्टर इण्डियमा साइन गराउन सफल भएँ।’

    उनले अगाडि भने, ‘त्यतिबेला श्रीदेवीसँग भेट्ने समय उनकी आमाले तय गर्नुहुन्थ्यो। म श्रीदेवीलाई साइन गराउन उनकी आमासँग भेट्न गएँ। त्यतिबेला श्रीदेवी सबैभन्दा महंगी अभिनेत्री थिइन्।  उनकी आमाले श्रीदेवीको दश लाख फिस भएको कुरा सुनाउनु भयो। मैले उनलाई ११ लाख दिन्छु भने। श्रीदेवीकी आमासँग मेरो दोस्ती भयो। म सेटमा श्रीदेवीकालागि सबै कुरा तयार राख्थें। राम्रो मेकअप रुप, राम्रा कपडा, वास्तवमा मलाइ उनीसँग प्रेम भएको थियो।

    त्यतिबेला उनी फिल्म चाँदनीको शुटिङ गरिरहेकी थिइन्। म कुनै वहाना बनाएर स्विट्जरल्याण्ड जान्थे ताकि उनीसँग भेट्न सकियोस् यो क्रम जारी रह्यो। मैले उनको प्रत्येक कदममा साथ दिएको छु भनेर बुझाउने कोसिस गर्थें। विस्तारै विस्तारै श्रीदेवीलाई पनि मैले प्रेम गर्छु भन्ने कुरा थाहा भयो।’



    भनिन्छ, श्रीदेवीकी आमा विरामी हुँदा बोनी कपुर र श्रीदेवीबीचको प्रेम झन बढेको थियो।
    जयप्रकाश चौकसे भन्छन्, ‘श्रीदेवीकी आमा विरामी थिइन्, उनको ब्रेन सर्जरी गराउनु थियो। त्यो कुरा बोनी कपुरले थाहा पाएपछि उनी चेन्नइ गए।

    डाक्टरको सल्लाहमा श्रीदेवीकी आमालाई सर्जरीकालागि अमेरिका लगियो। उपचारमा बोनी कपुर सधैं साथमा रहे। डाक्टरले श्रीदेवीकी आमाको गलत सर्जरी गरे। श्रीदेवीले अस्पताल विरुद्ध मुद्दा दायर गरिन्। आखिर उनले मुद्दा जितिन र उनलाई क्षतिपूर्ति वापत १६ करोड रुपैयाँ दियो। यस्तो जटिल अवस्थामा बानी कपुरले श्रीदेवीको आमाको सेवा गरे। श्रीदेवीका बुवाको निधन पहिल्यै भइसकेको थियो। उनी आमाको निकै नजिक थिइन्। आमा निधनपछि उनलाई सान्तवना दिन बोनी कपुर श्रीदेवी नजिकै बस्न थाले। यसरी सहानुभूति हुँदै उनीहरुबीचको सम्बन्ध प्रेममा परिणत भयो।’

    बोनी कपुरसँग श्रीदेवीले मिस्टर इण्डिया, रुपकी रानी चोरोंका राजा, ममजस्ता फिल्ममा काम गरिन्।  यद्यपी यो सम्बन्ध त्यति सजिलो भने थिएन। यो सम्बन्धलाई लिएर निकै विवाद पनि भएको थियो। तर ९० को दशकमा श्रीदेवी र बोनी कपुरले विवाह गरे। दुवैको पारिवारिक पृष्ठ भूमि निकै फरक थियो। श्रीदेवी दक्षिण भारतबाट थिइन भने बोनी कपुर पंजावी थिए।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…