• काठमाडौं। राजधानीको नर्भिक अस्पतालमा चरम लापरवाही भएको पाइएको छ । बिरामीको देब्रे घुँडामा समस्या भएकोले अपरेशन गर्नुपर्ने अवस्थामा डाक्टरले दाहिने घुँडा चिरिदिएका छन् । अस्पतालका डा. प्रविण नेपालले उनको अपरेशन गरेका थिए ।

    लिगामेन्ट च्यातिएका कारण स्थानीय अस्पताल पुगेकी चितवनकी विन्दू पौडेललाई त्यहाँका डाक्टरले अपरेशन गर्नुपर्ने बताएका थिए । त्यसपछि उनका परिवारका सदस्य अपरेशनका लागि नभिृक आएका थिए । नर्भिक अस्पताल पुग्दासम्म भने उनको अवस्था निकै सुधारिएको थियो । उनी हिँडेरै अस्पताल पुगेकी हुँदा परिवारले पुनः एमआरआइ गर्ने र अपरेशन गर्न नपर्ने भए नगर्ने भन्दै डाक्टरसँग सल्लाह मागे । तर, डा नेपालले पछि समस्या हुने भन्दै अपरेशन गर्नैपर्ने बताए ।

    त्यसदिन विन्दु घर फर्किन् । शुक्रबार बिहान अपरेशनका लागि अस्पताल गइन् । उनलाई भर्ना गरियो र अपरेशन भयो । उनी अपरेशन थिएटरमा थिइन् । परिवारले डाक्टरलाई सोधे कस्तो छ ? डाक्टरले अवस्था राम्रो हुँदै गएको बताए । जब उनका आफन्तलाई उनीसँग भेट्न दिइयो त्यसपछि बल्ल आफन्तको होसहवास उड्यो । किनकि उनको लिगामेन्ट देब्रे खुट्टाको च्यातिएको थियो तर डाक्टरले अपरेशन भने दाहिने खुट्टाको गरिदिएछन् ।

    त्यसपछि बिरामीका आफन्तले डाक्टर खोजे । अपरेशन गर्ने डाक्टर भेटिएनन्, आफन्त प्रशासनमा पुगे । उनीहरुले यसबारे अस्पताल प्रशासनमा जानकारी गराए । त्यसपछि भने अपरेशन गर्ने डाक्टर आइपुगे । यति भइसक्दा पनि डाक्टरले अनौठो तर्क गर्दै थिए ‘देश्रेभन्दा दाहिने खुट्टामै समस्या थियो त्यसैले त्यही गरें ।’ तर बिना परीक्षण अपरेशन गरेका डाक्टरको तर्क बिरामीका आफन्त त के अस्पताल प्रशासनले नै मानेन ।

    अन्ततः डा. नेपालले झुक्किएर एउटाको अपरेशन गर्नुपर्नेमा अर्कोको गरेको स्वीकार गरे । अस्पतालले पनि अहिले भने गल्ती स्वीकार गरेको छ । बिरामीको समपूर्ण उपचार अस्पतालले नै गर्ने सहमति भएको छ । सहमतिअनुसार उनको उपचारका लागि विदेश नै लैजानुपरे पनि अस्पतालले नै सबै व्यहोर्नेछ । यो अस्पताल नेपालकै ठूलो व्यवसायिक घराना चौधरी ग्रुपको हो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…