• अर्जुन जम्नेली राई


    मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले पालिका भित्रका दीर्घ रोगीहरुका लागि निशुल्क औषधी वितरण गर्दै आएको छ । 

    नियमित रुपमा औषधी सेवन गर्दै आएका पालिकामा रहेका प्रेसर र सुगर रोगीहरुको लागि निशुल्क औषधी वितरण गर्दै आएको पालिकाले जनाएको छ ।  

    पालिकाको आठौं गाउँसभा (२०७७ फागुन २१–२४)ले पारित गरेको निर्णयहरु सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत सो कुरा जनाएको हो । पालिकाले आर्थिक बर्ष २०७७÷०७८ मा दीर्घ रोगीलाई औषधी र ऋषिदेव, झागँड÷उराव र अति बिपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमा गरिएको प्रस्तुत पत्रमा उल्लेख छ । 

    कानेपोखरी गाउँपालिकाले सार्वजनिक विद्यालयहरुमा अध्ययनरत नर्सरी, एल.के.जी देखि यु.के.जी.सम्मका छात्रा, छात्रहरुलाई खाजा खर्च मार्फत प्रति हाजिरी बराबर १५ रुपैयाँले वितरण गर्दै आएको, छात्रासँग उपाध्यक्ष, खरको छानो विस्थापन, जनता आवस कार्यक्रम चलाइदै आएको उल्लेख छ । 

    कार्यक्रममा पालिका प्रमुख ताराबहादुर काफ्ले, उपप्रमुख राजमति इङ्नाम, प्रवत्ता शुसिल बुढाथोकी, वडा अध्यक्षहरु चरण गुरुङ, खड्गबहादुर बस्नेत, मोहनप्रसाद अधिकारी एमालेका भोला अधिकारी, दानबहादुर बस्नेत, नेपाली कांग्रेसका योगेन्द्र दाहाल, माओवादी केन्द्रका मनोज राजबंशी लगायतको उपस्थिति रहेको थियो ।
     
    गाउँसभाले कानेपोखरी गाउँपालिकामा सुशासन (व्यवस्थापन तथा संचालन) गर्न बनेको विधेयक, सार्वजनिक नीजि साझेदारी, प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन, स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, तथ्याङ्क तथा अभिलेख व्यवस्थापन गरी छ वटा विधेयक पारित गरेको उल्लेख छ । 

    पालिकाले आर्थिक बर्ष २०७७÷०७८ मा ६१ करोड ३७ लाख ४४ हजार ७१ को बजेट बिनियोजन भएकोमा भौतिक पूर्बाधार निर्माण लगायत करिब ६० प्रतिशत खर्च भइसकेको र आर्थिक बर्ष सकिन्दा ९० प्रतिशतसम्म खर्चहुने पालिका प्रमुख ताराबहादुर काफ्लेको दाबि छ । 

    पालिकामा १५ बेडको अस्पताल बन्ने क्रममा रहेको, वारुण यन्त्र प्रदेश सरकारबाट प्राप्त भएको,  चिसाङ र डाँस खोला कटान रोकथाम, बाढी नियन्त्रण भएको, सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्या समाधानको क्रममा रहेको लगायतको उलब्धिहुँदै गएको वितरित पत्रमा उल्लेख छ । 

    गाउँपालिकामा भूमिहिन दलित ४११, भूमिहिन सुकुम्बासी एक हजार ५९४, अब्यबस्थित बसोबासी दुई हजार ६०० गरी चार हजार ६०५ र अधुरो काम (अघिल्लो सुकुम्बासी आयोगले जग्गा धनी पुर्जा दिएको, मोठ कायम नभएको) ३७४ रहेको सबै समस्या समाधानको तयारीमा रहेको पालिका प्रमुख ताराबहादुर काफ्लेले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयद्वारा रातोकलम अनलाइनको प्रधान सम्पादक अर्जुन जम्ने…

मोरङ । लिम्बू समुदायमा धार्मिक÷सांस्कृतिक कार्य गर्ने उदेश्य राखेर युमा साम्यो नेपाल नामको नयाँ संस्…

मोरङ । मोरङको पथरशिनिश्चरे—१ बजारमा यलम्बरमो मूर्ति आज (सोमबार) कार्यक्रमवीच अनावरण भएको छ । …