• सांकेतिक तस्बिर

    काठमाडौं । पछिल्लो समय बजारमा महँगी बढेअनुसार समग्रमा जागीरेको तलब भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघमा वार्षिक विन्दुगत मूल्य वृद्धि २ दशमलव ७० प्रतिशतले बढ्दा तलब तथा ज्यालाको सूचकांक भने १ दशमलव ७७ प्रतिशतले मात्र बढेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

    यसअवधिमा तलबको वृद्धि शून्य भए पनि ज्यालाको वृद्धि बढी हुँदा समग्रमा तलब तथा ज्याला वृद्धि भएको देखिएको हो । राष्ट्र बैंकका अनुसार समग्रमा तलब तथा ज्यालादर बढी देखिनुको कारण गत माघ महीनामा २ दशमलव २७ प्रतिशतले ज्यालाको दर बढेकाले हो तर यसअवधिमा तलबको वृद्धिदर शून्य देखिएको छ ।

    सामान्यतया महँगी अर्थात् मूल्यवृद्धि (मुद्रास्फीति) बढेअनुसार तलब र ज्यालाको वृद्धिदर हुनुपर्छ । कोभिड–१९ का कारण अधिकांशले जागीर गुमाउनु परेको छ भने कतिपयले खाइपाई आएको तलब कटौती हुँदा महँगीको तुलनामा तलब बढ्न नसकेको सरोकारवालाहरू औंल्याउँछन् ।

    समग्रमा तलब तथा ज्याला वृद्धिको सूचकांक गतवर्षको माघभन्दा पनि अहिले धेरै कम हो । गत माघ महीनामा उक्त सूचकांक ७ दशमलव ५१ प्रतिशतले बढेको थियो । यसअवधिमा ज्याला भने करीब मूल्यवृद्धिको नजीक आउन खोजेको देखिन्छ तर पनि सोही अनुपातमा छैन ।

    मूल्यवृद्धिको तुलनामा तलब र ज्यालाको वृद्धिदर पुग्न नसकेको राष्ट्र बैंकले स्वीकार गरेको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट जीवनस्तर कायम राख्न सिद्धान्ततः मूल्यवृद्धिसरह तलब पनि वृद्धि हुनुपर्ने भए पनि तलब वृद्धि भएन भन्नु स्वाभाविक भएको बताउँछन् । ‘अहिले प्रायः कसैले पनि जागीरेको तलब बढाएका छैनन् । सामान्यतया तलब वृद्धि भएको छैन । कर्मचारीका ग्रेड बढेको होला । हामीले सर्बे गर्ने क्षेत्रमा रिपोर्टिङ गर्ने आधारबाट यस्तो देखिएको हो,’ उनले अभियानसँग भने, ‘कोभिडका कारण धेरै व्यवसाय प्रभावित भएको छ, धेरैको जागीर गएको छ । यसअघि गत मङ्सिरमा केन्द्रीय बैंकले गरेको सर्वेक्षणले तलब र ज्याला घटेको देखिएको छ ।’

    उनका अनुसार गत असारसम्ममा २३ प्रतिशत र गत माघसम्म करीब १३ प्रतिशतले जागीर गुमाएको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ ।

     

सम्वन्धित समाचार

मोरङ । नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइरहदा संविधानले चिने नचिनेको भन्दै बैधा…

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…