• काठमाडौं । अनौठो रोगका कारण एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट इलामको फाकफोकथुम गाउँपालिका–१ ठिंगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका ६ जना छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाट पीडित भएको बताए । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला निरौला (खडका), काइली नैनकला निरौला र अन्तरी जेनिसा निरौला बिरामी परेका हुन् । नैनकला गत पुसदेखि नै यस्तो खालको रोगबाट पीडित छिन् । उपचारका लागि इलाम अस्पताल, झापा हुँदै काठमाडौंसम्म लगियो रोग केही पत्ता लागेन,’ आमा उमाले गहभरि आँसु पार्दै भनिन् ‘बुढेसकालका सहारा छोरीहरू नै यसरी बिरामी भएपछि कसरी बाचूँ ।’

    ‘उपचारका लागि धेरैतिर धायौं, अस्पतालमा गयो भने रोग नै छैन भन्छ, जेठा ज्वाइँ पदमबहादुर कटुवालले भने, ‘बिरामले छोपेको बेला थाम्न सक्ने स्थिति आउँदैन ।’ बिरामले केहीबेर छाड्ने, केहीछिनमै भेट्ने गर्छ । कुलदेवता बिग्रिएको हो कि भनेर धामी, झाँक्रीसमेत लगाए पनि बीसको उन्नाइस भएको छैन । बिराम सुरु भएपछि उनीहरूले खानासमेत खाएका छैनन् । दिनभर छिमेकी भेला हुन्छन्, राति दुईचार जना मात्र । काप्न थालेपछि एकै जनालाई दुई/तीन जनाले पनि समाउन मुस्किल पर्छ । एक्कासि घरमा छोरीहरूलाई अनौठो रोगले चाप्यो, ‘धामी, झाँक्री लगाउँदासमेत निको भएन,’ उमा भन्छिन्, ‘रोग निको होला भनेर दुई जनालाई उपचारमा पनि पठायौं तर अस्पतालमा समेत ठीक भएन ।’ घरमा यसअघि कसैलाई यस्तो खालको बिरामीले च्यापेको आफूलाई थाहा छैन ।

    घरमा रोगले छोरीहरूलाई चापेपछि बुबा होमबहादुरले दुई जनालाई उपचारमा लगे । उपचार गराउँदासमेत रोग पत्ता नलागेपछि घर नै लिएर आउँदै छन् । सबै जना एकैपटक बिरामी हुँदा थाम्नसमेत मुस्किल पर्छ । कसैले कुल देवता बिग्रिएको त कसैले टुनामुनाको खेल हो भन्ने गरे पनि के हो भन्ने कुरा पत्ता लागेको छैन । दिनभर गाउँले आएर सहयोग गर्छन् भने बेलुका आफन्तले उनीहरूलाई रुगेर बस्छन् । विभिन्न जिल्लामा यस्ता खालका घटना घटेको सुनिन्थ्यो, अहिले आफ्नै ठाउँमा प-यो, वडाध्यक्ष नेम्वाङले थपे छिनछिनमै निको हुँदै पुनः भेट्ने गरेको छ । बिरामले भेटेको समयमा हात्त बाँध्ने, कराउने, चिच्याउने, रुनेजस्ता अनेक लक्षण देखाउने गरेका छन् । राजधानीबाट ।

सम्वन्धित समाचार

उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपा…

उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरि…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद ख…