• उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपालिका स्तरीय ५ लाख भन्दा माथिका योजना मात्र बनाउने भएको छ ।


    नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बुधबार  बसेको आठौँ नगरसभामा आगामी आर्थिक वर्ष २०७९/८० को  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मीना खतिवडा पौडेलले सो नीति अवलम्बन गर्ने जनाएकी छन् । सडक लगायत भौतिक पूर्वाधारको निर्माण दिगो र गुणस्तरीय हुने गरी निर्माण गरिने भएको छ ।

    दिर्घकालीन रुपमा लाभ लिन सकिने ठूला प्रकृतिका योजना लगायत नगर गौरवका योजनाहरुको तर्जुमा र कार्यान्वयनमा प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाभित्र तालिम प्राप्त जनशक्तिबाट मात्र भौतिक संरचना निर्माण गर्ने नीति नगरपालिकाले लिने भएको छ ।

    नगरपालिकाले कृषि विकाश, सिंचाई, पशुंपक्षी सेवा, पर्यटन विकाश, सहकारी क्षेत्रको सुदृढिकरण, रोजगार प्रबद्र्धन, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाई, शिक्षा, महिला बालबालिका अपांगता तथा जेष्ठ नागरिक, आदिवासी जनजाति दलित मधेशी मुस्लिम तथा पिछडा वर्ग, युवा तथा खेलकुद विकाश, जनसंख्या व्यवस्थापन, सामाजिक सुरक्षा कार्यक्रम, भौतिक पुर्वाधार, बिधुत तथा बैकल्पिक उर्जा, बस्ती विकाश तथा शहरी पुर्वाधार, लागत सहभागिता, विपद् व्यवस्थापन, नदी नियन्त्रण तथा भू–संरक्षण, वन वातावरण तथा जलवायु परिवर्तन, फोहोर मैला व्यवस्थापन, राजश्व, सुचना प्रविधि तथा अभिलेख व्यवस्थापन, आर्थिक प्रशासन, विविध र विविधि शिर्षकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    उर्लाबारी को असार १० गते शुक्रवार बजेट सार्वजनिक हुनेछ । नगर सभाको सुरुमा नगर प्रमुख खरेलले बैशाख ३० गते सपन्न भएकोे स्थानीय तहको निर्वाचन सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै सहमति र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
     

सम्वन्धित समाचार

उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरि…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद ख…

नेपाल सरकारले स्थानीय चुनावकाे घाेषणागरे संगै उम्मेदवारहरूकाे आकांक्षी बढ्दाे छ । यसै सन्दर्भमा आसन्न…