• उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद खरेल ,उप प्रमुख मीना खतिवडा पौडेल  सहितको पहिलो सर्वदलीय बैठक सम्पन्न भएको छ।


      बैठकमा उर्लाबारीमा रहेका प्रमुख समस्या  र नव निर्वाचित नेतृत्वले गर्नुपर्ने कामका बारेमा छलफल भएको छ।बैठकमा सहभागीहरुले मधुमल्ला सडक तत्काल पुननिर्माण गर्न पहल गर्नुपर्ने ,ढल निकासका लागि पहल गर्नुपर्ने , लागू अौषध नियन्त्रणका लागि  प्रभाबकारी काम गर्नुपर्ने ,विकासका लागि  प्रदेश ,केन्द्रमा सबै दलले समन्वय गर्नुपर्ने ,असारे विकासलाई निरुत्साहित गर्नुपर्ने ,कालोपत्रे सडक दीगो हुनुपर्ने ,सर्वदलीय बैठक निरन्तर हुनुपर्ने ,सार्वजनिक जग्गा नगरपालिकाले ब्यवस्थापन गर्नुपर्ने ,उर्लाबारीलाई पर्यटकीय क्षेत्र बनाइनुपर्ने,सबै पक्षलाई समेट्दै बिज्ञहरुको राय लिएर काम गर्न नगर प्रमुख,उपप्रमुखलाई अाग्रह गरेका छन् ।

    सो बैठकमा एमालेका गंगा प्रसाद बास्तोला,नेपाली काँग्रेस का सुरेन्द्र लिम्बू ,माओवादी केन्द्र का प्रवेश धिमाल,राप्रपाका देवी दाहाल,जनता समाजवादीका बिशाल अाङ्देम्बे,मौलिक जरोकिलोका नेता विज्ञान अाचार्य, संघीय राष्ट्रिय मञ्च का बरुण लाबुङ,मङ्गोल नेशनल अर्गनाइजेसनका नारायण बिसंखे लगायतका नेताहरुको उपस्थिति रहेको थियोे ।


      सो अवसरमा नगर प्रमुख खरेलले शान्तिपूर्ण ढंगबाट भएको निर्वाचनबाट अफू सहितको नेतृत्व अाएकोमा सबै पक्षलाई धन्यवाद दिएका छन् ।उनले अागामी दिनमा सरोकारवाला सबै पक्षको राय सुझावका अाधारमा काम गर्दै समृद्ध उर्लाबारी  बनाउन लागिपर्ने बताएका छन् । उनले सहयोगीहरुको खोजी गरेर भए पनि  काम गर्ने बताएका छन् ।उनले नमूना नगर बनाउन अाफूले कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
     

सम्वन्धित समाचार

उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपा…

उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरि…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

नेपाल सरकारले स्थानीय चुनावकाे घाेषणागरे संगै उम्मेदवारहरूकाे आकांक्षी बढ्दाे छ । यसै सन्दर्भमा आसन्न…