• उर्लाबारी, १० चैत
    उर्लाबारी नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक एवम् अपांगता शाखाले सोमबार आगामी बर्षको बार्षिक कार्य योजना निर्माण गरेको छ ।


    सो शाखाले अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमको योजना निर्माणका लागि अन्तरक्रिया कार्यक्रम समेत गरेको शाखाकी प्रमुख अधिकृत चन्द्रकला सुब्बा जानकारी दिएकी छन् ।
    उक्त शाखाकी संयोजक एवम् नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा करुणा फाउन्डेसन नेपालकी कार्यक्रम अधिकृत सगुन गुरुङले सहजिकरण गरेकी थिइन् । 


    सो अवसरमा स्वास्थ्य शाखा संयोजक तोयानाथ घिमिरे, जनप्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयम् सेवीका, अपांगता भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।उर्लाबारी नगरपालिका, करुणा फाउन्डेसन र सामाजिक बिकास मन्त्रालय प्रदेश नं. १ ले आर्थिक बर्ष २०७८/०७९ का लागि ३० लाख १६ हजार ६० रुपैयाँको बजेट तय गरेको छ । 
    जसमा उर्लाबारी नगरपालिकाले १० लाख ७२ हजार ८० रुपैयाँ व्यहोरेको अधिकृत सुब्बाले बताएकी छन् ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…