• केदार चौहान
    मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर १ भौगोलिक रुपमा सबै भन्दा विकट वडा मानिन्छ । जिल्लामै नाम कहलिएका खोला त्यै वडामा पर्छन् । बक्राहा खोला, मिक्लु खोला, सोल्टी खोला, वाहुनी खोला, राम्री खोला र मावा खोला वडा नम्बर १ को विकासकालागि बाधक बनेका छन् । वडाबासीका अनुसार वर्षेनी नदिबाट उर्लेर आउने बाढीले कटान र डुवान गर्ने समस्या अझै पनि हट्न सकेको छैन । 
    उर्लाबारी नगरपालिका र वडा नम्बर १ को वडा कार्यपालिकाले नदिको समस्या दिर्घकालिन रुपमा सम्बोधन गर्न नसकेसम्म जनताको दुःख सुखको साथी हुन नसक्ने स्यम् जनप्रतिनिधि नै बताउँछन् । वडा अध्यक्ष मचिन्द्रकुमार कार्की भन्छन्, ‘बक्राहा, मिक्लु, सोल्टी, वाहुनी, राम्री र मावा खोलाको पाता फर्काउन पाएको दिन म यति धेरै खुसी हुन्छु की त्यसको सीमा नै छैन ।’ निर्वाचनताका जनतासामु गरेका प्रतिबद्धता क्रमैसँग पुरा हँुदै गएको उनले बताएका छन् । ‘यस्ता खोला नियन्त्रण गर्न मेरा काबुले हुने कुरा होइन, जुन 
    कुरा म पुरा गर्न सक्दिन थें,’ वडा अध्यक्ष कार्कीले भने,‘यहाँका नदि नालाको समस्या राष्ट्रिय समस्या हुन् तीन तहकै 
    सरकारले समाधान गरेर यहाँका जनताको जीवन स्तर उकास्न मद्दत गर्नुपर्छ ।’  साविकको मधुमल्ला गाविसका वडा नम्बर ७, ८ र ९ लाई एकीकृत गरी उर्लाबारी 
    नगरपालिकाको वडा नम्बर १ बनेको हो । १३.०१ बर्ग किलोमिटर क्षेत्रफल रहेको यो वडामा १ हजार ८ सय घर 
    धुरी छन् । ब्राम्मण, क्षेत्री, राई, लिम्बु, मगर, दनुवार, धिमाल, ऋषीदेब, दमाई, सार्की, कामी गरेर वडामा २०७६ सालको सवेक्षण अनुसार १ हजार ८ सय ५६ घरधुरी र १० हजार २ सय ४६ जनसंख्या रहेको अध्यक्ष कार्कीले बताएका छन् ।
    नगरकार्यपालिका गठन हुनु पूर्व साविकको मधुमल्ला गाविसका वडा नम्बर ७, ८ र ९ नम्बर वडा हाल उर्लाबारी नगरपालिका वडा नम्बर १ नगरको सडक सञ्जालसँग जोडिएको थिएन । शिक्षा, स्वास्थ्य, संचार लगायतका आवश्यक पूर्वाधारको पहँुच पुग्न सकेको थिएन । स्थानीयबासी भन्छन्‘ जब स्थानीय तह गठन भएर तीन तहकै सरकारको बजेट वडासम्म आईपुग्यो अनि वडाले काँचुली फेर्न थाल्यो ।’ उर्लाबारी नगरबाट वडा नम्बर १ मा ०७४—०७५ र ०७५—०७६ मा एक/एक करोड गरेर २ करोड सिलिङ्ग बजेट आएको थियो । ०७६/०७७ र ०७७/०७८ मा सालिन्य ९७ लाखका दरले वडा सिलिङ बजेट आएको थियो । स्थानीय सरकार गठन भएपछि उर्लाबारी नगरपालिका वडा नम्बर १ मा ३ कारोड ९४ लाख रुपैयाँ सिलिङ बजेट ०७७—०७८ बाहेकको खर्च भईसकेको छ । वडा अध्यक्ष कार्कीका अनुसार आफू वडा अध्यक्ष भएर पदभार ग्रहण गरेका दिनदेखि ०७७ फाुनग ५ गतेसम्म ६३२ मिटर सडक कालोपत्रे, २५ किलोमिटर सडक ग्राभेल र करिव १५ किलोमिटर सडक निर्माण गरिएको छ । यसका अलवा प्रदेश सरकारले दिएको १५ लाख रुपैँयामा थापाडाँगीदेखि चिसापानीसम्म सडकको स्तरोन्नति गरिएको छ ।
    वडा अध्यक्ष कार्कीले आफ्ना वडामा सञ्चालन भएका जति पनि आयोजना छन् त्यसको आम उपभोक्ताले ठहर गरेको निर्विवाद व्यक्ति आयोजनाको अध्यक्ष हुने परम्परा बसाएका छन् । सारदा टोल विकास संस्थाका अध्यक्ष समेत रहेका स्थानीय समाजसेवी दिनेश फुँयल भन्छन्, ‘तत्कालीन नेकपा एमालेबाट 
    भारि मतका साथ विजेता बनेका वडा अध्यक्ष कार्कीको काम गर्ने शैली अन्य स्थानीय तहको भन्दा फरक छ ।’ नाता गोता, कुलकुटुम्ब, ईष्टमित्रलाई निर्माण आयोजनाको जिम्मा दिने चलन उर्लाबारी नगरपालिका वडा नम्बर १ मा छैन ।’ भेलाले छनौट गरेको व्यक्ति नै जुनसुकै निर्माण उपभोक्ता समितिको अध्यक्ष वा संयोजक हुने चलन वडा नम्बर १ मा बसेको छ । वडा नम्बर १ मा हालसम्म सञ्चालन भएका आयोजनाका सञ्चालक खुल्ला प्रतिस्पर्धाबाटै आएकाले हालसम्म कसैको गुनासो वडा अध्यक्ष कार्कीले स्ुन्नु परेको छैन । उनले भने, ‘वडा नम्बर १ मा सञ्चालन हुने आयोजनामा पार्टी, जाति, धर्म, लिङ्ग र वर्गका आधारमा कसैलाई विभेध गरिएको 
    छैन ।’
    वडाको नेतृत्व कुशल व्यक्तिले पाएकोमा वडा बासी पनि वडा अध्यक्षसँग सन्तुष्ट छन् । अधिकाँस वडा बासी भन्छन्, ‘यस्तो वडा अध्यक्ष पो वडा अध्यक्ष हुनुपर्छ त । उहाँ 
    नगरको मेयरकै लागि पनि सक्षम 
    हुनुहुन्छ ।’ वडाबासीको माया पनि अध्यक्ष कार्कीले पाएकै छन् । वडाका जुनसुकै विषयमा किन नहोस् उनी वडाबासीको लागि निर्भीकताका साथ अघि बढ्छन् र बोल्ड डिसिजन 
    गर्छन् । जुन वडाका नागरिकले तालि बजाएरै समर्थन गर्ने गरेका छन् । वडा अध्यक्ष कार्कीको कार्यकक्षमा दिनमा कम्तिमा कुनै न कुनै विषयमा मुद्धा आउने गरेकै हुन्छन् । मुद्धाको प्रकृति हेरेर वडा अध्यक्ष कार्कीले समय मिलाउने गरेका छन् । वडासम्म आई नपुग्नु पर्ने विषयका मुद्धालाई घर गाँउमै मिलाई दिने गरेका छन् । घर गाउँमा मिल्न नसकेका विषयका मुद्धा वडामा ल्याएर मिलाउने गरेको अध्यक्ष कार्की बताउँछन् । वडामा पनि मिल्न नसकेका विषयका मुद्धा प्रहरी कार्यालय हँुदै अदालतसम्म पुग्ने गरेको उनले बताएका छन् । सुकुम्बासीको संख्या पनि तुलनात्मक रुपमा उर्लाबारी 
    नगरपालिकाको अन्य वडा भन्दा १ नम्बरमा बढी छ । अशिक्षा, मापसे, लापसे, बैदेशीक रोजगार, बेरोजगार, 
    गरिवी लगायतका कारणले वडामा 
    धेरै विषयका झगडाका मुद्धा आउने गरेका छन् । वडाले गर्न मिल्ले प्रकृतिका मुद्धा वडाबाटै समाधान हुने गरेका छन् भने नमिल्ने प्रकृतिका मुद्धा न्यायालयसम्म पुग्ने गरेका छन् । 
    अध्यक्ष कार्कीले हालसम्म ९ सय बढी विभिन्न प्रकृतिका मुद्धा वडाबाटै समाधान गरेका छन् । पक्ष र विपक्ष भएर वडामा आएका वडाबासी मिलेर फर्किएको देख्दा आफूलाई आनन्द आउने वडा अध्यक्ष कार्कीको भनाई छ । उनले भने, ‘शुरुमा आउँदा आफैंलाई आक्रामक हुन्छन् होला जस्तो लाग्छ ।’ दुबै थरीका कुरा सुनेपछि आफूले गरेको निणर्य उनीहरुले मानिदिँदा गौरव लाग्ने उनले सुनाएका छन् । आफू वडा अध्यक्ष भएपछि घर घरमा बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, सडक लगायतका पूर्वाधार पुगेकोमा वडा अध्यक्ष कार्की खुशी छन् । सडक नभएर बसाई हिडेका वडाबासी गाउँ पर्किएको पाउँदा खुशी लाग्ने गरेको उनको भनाई छ । वडामा ४ वटा सामुदायिक विद्यालय छन् भने २ वटा निजी विद्यालय छन् । सारदा मावि, लक्ष्मी आधारभुत विद्यालय, नुनसरी आधारभुत विद्यालय र सुर्योदय प्रावि वडामा छन् । योसँगै लक्ष्मी बालबिकास र लक्ष्मी बालबिकासले पनि वडामा शिक्षाको ज्योति दिइरहेका छन् । एक वडा एक स्वास्थ्य केन्द्र सकारको नीति अनुसार वडामा एउटा स्वास्थ्य केन्द्र पनि स्थापना भएको छ । वडाका अधिकांस वडाबासीले सो स्वास्थ्य केन्द्रबाट सहजै सेवा लिइरहेका छन् ।
    वडामा एउटा खानेपानी आयोजना पनि सञ्चालनमा आउन लागेको छ । पिपलडाँगी खानेपानी ट्याँकी निर्माणाधीन अवस्थामा छ । वडा नम्बर १ सहित मिक्लाजुङ्ग गाउँपालिकाको वडा नम्बर ९ का स्थानीयलाई सो खानेपानी आयोजनाले उपभोक्ताको सुचिमा राखेको छ । वडामा सबै भन्दा ठूलो समस्या सुकुम्बासी हो । वडामा २५६ परिवार भूमिहीन सुकुम्बासी 
    छन् । तीन पुस्ता देखिका सुकुम्बासी वडामा छन् । आफू वडा अध्यक्ष भएकै बेला उनीहरुलाई व्यवस्थापन गर्न सके वडा अध्यक्ष भएको सार्थक सम्झन्थे वडा अध्यक्ष कार्की । आफ्नो काबु बाहिरको समस्या भएकाले सरकारले समाधान गर्नुपर्ने वडा अध्यक्ष कार्कीको तर्क छ । पूर्वका पहाडी जिल्लाबाट बसाईं सरी आएका स्थानीय वडामा धेरै छन् । ईलाम, पाँचथर, ताप्लेजुँङ, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढँुगा लगायतका जिल्लाबाट बसाई सरी आउनेको संख्या धेरै छ । पुराना बसोबास भएका जनार्दन आचार्य भन्छन् ‘म यहीं जन्मेको हुँ, अहिले ४० बर्ष भयो । सडक खोल्ने विषयमा पटक पटक यस अघि टोलमा छलफल हुन्थ्यो, कहीं न कहीं कोही असहमत हुन्थे, स्थानीय सरकार गठन भएपछि टोल टोलमा पुग्ने सडक निर्माण भएको छ । यो सबै वडा अध्यक्षको सक्रियताले हो ।’
    उर्लाबारी नगरपालिकाको मुख्य आम्दानीको श्रोत पनि वडा नम्बर १ नै हो । वडा नम्बर १ बाट बग्ने नदि नालाबाट उत्पादन हुने निर्माण सामग्री नगरको आम्दानीको मुख्य श्रोत भएको स्थानीयले बताएका छन् । वडा अध्यक्ष कार्की भन्छन्, ‘अन्य वडाको भन्दा आम्दानी वडा नम्बर १ ले बढी 
    नगरलाई दिने गरेको छ ।’ बक्राहा खोला, मिक्लु खोला, सोल्टी खोला, वाहुनी खोला, राम्री खोला र मावा खोलाबाट उत्खनन् हुने निर्माण सामग्रीले समग्र नगरको आर्थिक हैसियत मजबुत बनेको छ । वडाका स्थानीयलाई काठ दाउरा लगायत बन पैदावार उपभोग गर्नका लागि ४ वटा सामुदायिक बन पनि सक्रिय छन् । सामुदायिक बनबाट उत्पादन हुने काठजन्य बस्तु वडाका उपभोक्ताले सहजै पाउने गरेका छन् । वडा अध्यक्ष कार्कीले वडामा पदभार ग्रहण गरेपछि शिक्षा क्षेत्रमा पनि निक्कै फड्को मारेको छ । वडाको वालज्योति आधारभुत विद्यालय एउटा उदाहरण 
    हो । सुकुम्बासी विद्यालयको नामले चिनिएको सो विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष कार्की निर्वाचित हुँदा १५ जना विद्यार्थी थिए । नेपाली माध्यमबाट अध्ययन अध्यापन हुने सो विद्यालयलाई अंग्रेजी माध्यममा लगेपछि विद्यार्थीको संख्या बढेको बताउँछन् । शैक्षिक गुणस्तर सुधार्न प्रधानाध्यापक पनि विद्यालयको मेरुदण्डको रुपमा उभिएका छन् । ‘म आउँदा १५ जना विद्यार्थी विद्यालयमा थिए । ०७३ सालमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रुपमा कार्की निर्वाचित भए । ०७४ सालमा विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक परिवर्तन गरेर राजेन्द्र गौतमलाई नियुक्त गर्यो । त्यसपछि विद्यालयले अप्रत्यासित रुपमा छलाँङ मार्यो । 
    सो विद्यालयमा १९४ विद्यार्थी अध्ययनरत छन् । चैत ५ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष कार्की सो विद्यालयको अनुगमनमा जाँदा ९४ विद्यार्थी कक्षा कोठामा अध्ययन 
    गरिरहेका थिए । दिउँसो १ बजे कक्षा कोठामा पुगेका अध्यक्ष कार्कीले ‘हेलो गुडमर्निङ्ग एभ्रिबडी’ भनेर विद्यार्थीलाई सम्मान गर्दा उनीहरुले गुड आफ्टर नुन सर भनेका थिए । अध्यक्ष कार्की विना सूचना कक्षा कोठामा एक्कासी पसेका थिए । विद्यार्थीलाई १२ बजे भन्दा अगाडि गुड मर्निङ्ग र ४ बजेसम्म गुड आफ्टर नुन भनेर सिकाईएको थियो । विद्यार्थीलाई झुक्याउन अध्यक्ष कार्कीले दिउँसोको १ बजे गुडमर्निङ भनेर झुक्याउन खोजेका थिए । तर वडा अध्यक्ष भन्दा सो विद्यालयका बिद्यार्थी बाठा रहेछन् । वडाको अर्को ठूलो समस्या नदिमा पुल नुहुनु हो । बक्राहा नदिमा पुल नहँुदा पश्चिम तर्फका सर्वसाधारणलाई वडा कार्यलयसम्म आउन दिनभर जस्तो लाग्थ्यो । ४५३ मिटर लामो झोलुङ्गे पूल सो खोलामा निर्माण हुन थालेपछि स्थानीयमा उमङ्ग छाएको छ । बर्षातको समयमा ठूलो समस्याको रुपमा बक्राह नदि थियो । आवत जावत गर्न वर्षातको समयमा सकिदैन थियो । पूल निर्माणका लागि काम हुनथालेपछि हरेक कारणले पनि वडा नम्बर १ अन्य वडा भन्दा १ नम्बर नै हुन थालेको छ । 
    सो पूल ३ करोड ५९ लाख रुपैयाँमा जगदम्बा कन्ट्रक्सनले २८ महिनामा निर्माण सक्ने गरी ठेक्का लिएको हो । स्थानीय जीवन श्रेष्ठ भन्छन्, ‘वडाको यो सबै भन्दा महत्वपूणर् योजना हो । कुनैपनि कारणले निर्माणमा विलम्ब नहोस् ।’ झोलुङे पूल निर्माण भएपछि बक्राहा नदि पश्चिमका वडाबासीलाई वडा कार्यालय आउन जान र पहाड र तराईको सम्बन्ध जोड्ने मधुमल्ला बजार उपयुक्त गन्तव्य हुनेमा स्थानीय आसाबादी छन् । वडा अध्यक्ष कार्कीले वडा कार्यालयका लागि अर्को महत्पूणर् काम पनि गरेका छन् । स्थानीय नरवहादुर चौहान र ईन्द्रवहादुर 
    चौहानले २ कठ्ठा ५ धुर जग्गा 
    दान गरेपछि उक्त जग्गामा 
    वडा कार्यालय बनाउन 
    नगरबाट बजेट विनियोजन गराएका 
    छन् । 
    उक्त जग्गामा ६ कोठाको १ तले आरसीसी भवन निर्माण हुने छ । वडा अध्यक्ष कार्कीका अनुसार ९६ लाख ९४ हजारमा वडा कार्यालय भवनको ठेक्का लागि सकेको छ । वडा नम्बर १ पर्यटकीय दृष्टिकोणले पनि महत्वपूणर् छ । वडामा चिल्ड्रेन पार्क पनि निर्माणधीन अवस्थामा छ । पार्क निर्माण भएपछि वडाको आकर्षण थप हुनेमा अध्यक्ष कार्की आशावादी छन् । वडा कार्यालयमा सेवा लिन पुगेकी शोभा हिङ्गमाङ्गले वडा अध्यक्ष कार्कीको प्रशंसा गर्दे भनिन् ‘हामीले उहाँलाई वडा पिताका रुपमा लिएका छौं । जस्तो सुकै समस्यामा पनि उहाँ अघि बड्नु हुन्छ, जिल्ला भित्रका होस् वा वाहिरका ।’ अन्य पालिकाका वडा अध्यक्षहरु विवादमा आएको सुन्दा दुःख मान्ने उर्लाबारी नगरपालिका वडा 
    नम्बर १ का स्थानीय आफ्नै वडादेखि भने औधी खुशी छन् । 
    १० हजार बढी जनसंख्या रहेको सो वडामा कसैलाई काखा र कसैलाई पाखा भने अध्यक्ष कार्कीले अहिलेसम्म गरेका छैनन् । वडा कार्यालयमा भेटिएका शंकर श्रेष्ठले भने ‘वडा अध्यक्ष कार्कीले वडाबासीको समस्यालाई नरम करम मिलाएरै लैजाने गरेका छन् । कुनैदिन पनि विवाद वडामा छैन । सबै राजनीतिक दलले वडा अध्यक्ष कार्कीको हरेक योजनामा साथ दिइरहेका छन् ।’ 
    वडामा जिम्मेवारी पाएपछि आफूलाई बिस्मत लाग्ने कुनै पनि गतिविधि नगरेको उनले बताएका 
    छन् । जतिपनि काम गरें सबै राम्रैका लागि गरें । एउटैमात्र कुरामा बिस्मत छ, ‘बक्राहा खोला, मिक्लु खोला, सोल्टी खोला, वाहुनी खोला, राम्री खोला र मावा खोलाको तटवन्ध गरेर समस्या समाधान गर्न सकिन किनभने यो मेरो काबु भित्रको कुरा होईन ।’ 
    कृषि क्षेत्रमा अगाडि बढेको 
    सो वडामा ३ वटा क्रसर 
    उद्योग सञ्चालनमा रहेका 
    छन् ।
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…