• (फिदिम)/१३ फागुन

    मेची अञ्चलको सबैभन्दा पुरानो पाँचथरको आगेजुङ गुम्बा प्रचार–प्रसारको अभावमा ओझेलमा परिरहेको छ । हिमश्रृङ्लादेखि तराईका समथर भूभाग देखिने आगेजुङ क्षेत्र समेत प्रचारको अभावमा ओझेलमा छ ।

    वि.स.२०१५ सालमा लामा दोर्जे लाङ्ठोलले स्थापना गरेको यो गुम्बामा २०१८ सालबाट औपचारिक रुपमा लामा उत्पादन सुरु भएको थियो । यही गुम्बाबाट हजारौं लामाहरु वौद्ध धर्म र दर्शनको शिक्षा लिएका थिए । यो गुम्बाको स्थापना गरेका लाङ्ठोलको २०४९ सालबाट देवाहसान भएपछि उनका छोरा लामा तेन्जिङ शेर्पाले दैनिक पूजा पाठ गर्दै आएका छन् ।

    ०१८ सालबाट लामा उत्पादन गर्दै आएको गुम्बामा द्वन्द्वकालपछि लामा शिक्षा अध्यापन रोकिएको लामा तेन्जिङ शेर्पाले बताए । हजारौं लामा उत्पादन गरेको यो गुम्बामा द्वन्द्वको समयमा सुरक्षाको जोखिम बढेपछि बौद्ध शिक्षा दिन छोडिएको शेर्पाले बताए । एक समयमा मेची अञ्चलकै नाम कमाएको गुम्बा संरक्षण र प्रचारको अभावमा ओझेलमा पर्दै गएको हो ।

    फालेलुङ गाउँपालिका वडा नं. मा अवस्थित यो गुम्बा फालेलुङ, याङवरक र हिलिहाङ गाँउपालिकाको संगम स्थलमा पर्छ । करिव ३५ रोपनी क्षेत्रमा फैलिएको गुम्बा परिसरसम्म हिलिहाङ गाउँपालिकाले बाटोको ट्र्याक खोलि दिएपछि गुम्बामा आउनेहरुलाई केही राहत मिलेको शेर्पाको भनाई छ । आगामी वर्ष सडकलाई गोपेटारसम्म जोडिदिने बचन पाएको शेर्पाले छन् ।

    व्यक्तिगत लगानीबाट सुरु भएको यो गुम्बाको संरक्षणको बारेमा सरकारले खासै चासो नदिएको शेर्पाको भनाई छ । पछिल्लो समय सरकारी सहयोग सुरु भएपनि त्यो पर्याप्त नरहेको शेर्पा वताउँछन् । हाल गुम्बा संरक्षण समिति गठन गरि समितिको मातहतबाट गुम्बा सञ्चालन हुँदै आएको छ । भक्तजन र दाताको सहयोगबाटै सञ्चालित यो गुम्बाको संरक्षणमा राज्यले उचित ध्यान नदिँदा संकटमा परेको उनी वताउँछन् ।

    बौद्ध धर्मावलम्बीहरूको विशेष चाडपर्वमा यस गुम्बामा देश विदेशका हजारौँ लामा तथा श्रद्धालु जम्मा हुने गरेका छन् । तर, यस गुम्बामा खानपानीको चरम अभाव छ । अहिले गुम्बा नजिकै रहेको कुवाको प्रयोग भइरहेको तर, खडेरीमा २ घण्टाको पैदल हिडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको शेर्पाको भनाई छ । खानेपानीको समस्या हल गर्न कुनैपनि निकायबाट पहल हुन नसकेको स्थानीयको दुःखेसो छ ।

    गुम्बा संरक्षण र रेखदेखमा कर्मचारी आवश्यक रहेको शेर्पा वताउँछन् । बौद्ध शिक्षा अध्यापनलाई नियमित बनाउनुपर्ने आवश्यकता रहेपनि तर, व्यक्तिगत लगानीबाट अध्यापन गराउन असम्भव रहेको उनी बताउँछन् । लामा शिक्षा अध्ययनका लागि पूर्वाधार तयार गर्न स्थानीय तहहरुले विशेष कार्यक्रम बनाउनुपर्ने शेर्पाको माग छ । यस्तै २०६८ सालमा गएको भूकम्पले गुम्बामा क्षति पुर्याएको र गुम्बामा भएको क्षति समेत सरकारी निकायले लिन नमानेको शेर्पाको भनाई छ ।

    लामा शिक्षा सञ्चालन नहुँदाको प्रभाव भने पर्न थालिसकेको छ । द्वन्द्वमा बौद्ध शिक्षा बन्द भएपछि पूर्वमा लामाहरूको अभाव हुन थालेको शेर्पाको भनाई छ । लामा नहुँदा भारतको दार्जिलिङबाट लामाहरु ल्याएर वौद्ध धर्मावलम्बीहरुले आफ्ना परम्परागत कार्यहरु गराउँदै आएका छन् ।

    भौगोलिक हिसावमा समेत यो गुम्बा निकै सुन्दर ठाउँमा छ । यो गुम्बा रहेको आगेजुङ बौद्ध धर्मावलम्बीहरूको ऐतिहासिक स्थल समेत हो । पर्यटकीय सम्भाव्यता बोकेको गुम्बालाई संरक्षण गर्न सके यस क्षेत्रमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने स्थानीको भनाई छ ।

    जोरपोखरीबाट करिब १ घण्टाको पैदल दुरीमा पुग्न सकिने यो स्थानबाट कुम्भकर्ण, कञ्चनजंघा, पाथीभरा, चिवाभञ्ज्याङ, फालेलुङ र फालौट क्षेत्र र समथर तराईको दृश्यावलोकन गर्न सकिन्छ । हिन्दु, वौद्ध र किरात धर्मावलम्बीहरुका लागि आगेजुङको प्राचिन, ऐतिहासिक र धार्मिक महत्व रहेको जानकारहरु वताउँछन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…