• काठमाडौं, चैत्र १०

    तत्कालिन नेकपा हुँदा नेकपा एमाले पार्टीको नाममा रहेको ३० लाख रुपैयाँ भिम रावलले निकाल्नु भयो । उहाले पार्टीको कुनै पनि निकायसँग छलफल नै नगरी एमालेकै खातामा रहेको बैंकको ३० लाख रुपैयाँ निकालेर हिनामिना गर्नुभएको थियो ।

    सो विषयमा समाचारहरु आएपनि उहाले सो रकम कसको आदेशमा निकालेको, कहा लगेको र किन निकालिएको भनेर अहिलेसम्म चित्त बुझ्दो जवाफ दिन सक्नु भएको छैन । पार्टीको रकम व्यक्तिगत रुपमा दुरुपयोग गरेको आरोप उहाँमाथी पार्टीभित्रैबाट लागिरहेका बेला स्पष्टिकरण सोधिएको छ ।

    सर्वोच्च अदालतले एमाले नै ब्युँत्याईदिएपछि अहिले रावललाई सो रकम हिनामिना निक्कै महंगो पर्ने देखिएको छ । नेकपाको नेतृत्व नभई एमालेकै नेतृत्वले तीन दिने स्पष्टिकरण सोधेपछि उहा शुरुमा पत्र नै नबुझेर भाग्ने दाउमा रहनु भएको थियो । तर, स्पष्टिकरण पत्र लिएर गएका व्यक्तिले उहाको घरकै ठेगानामा छाडेपछि उहा पत्र बुझ्न बाध्य हुनु भएको छ ।

    ६ बुँदे स्पष्टीकरणमा छैटौं बूँदामा पार्टीको सम्पत्ति हिनामिना गरेको आरोप लगाइएको छ । रावललाई पार्टीको सम्पत्ति हिनामिना गर्ने काममा प्रत्यक्ष संलग्न भई कार्यकर्ताको दुःखले जम्मा गरेको रकम दुरुपयोग गर्न–गराउन प्रत्यक्ष भूमिका के कति कारणले खेलेको भनी प्रश्न गरिएको छ ।

    रावलले भने सो रकम दुरुपयोगन हुन नदिन प्रदेशका आर्थिक कारोवार गर्ने पदाधिकारीले अर्को वैंकमा सारेको बताएपनि कुनै प्रमाण उपलब्ध गराउनु भएको छैन । रावलमाथि आफ्नो पार्टी अध्यक्षको सरकारलाई बदनाम गराउन सडक, सदन र मिडियामा लगातार झुट प्रचार गरेको र अविश्वास प्रस्ताव दर्ता गराउन अगुवाई गरेको विषयमा पनि स्पष्टीकरण मागिएको छ । उहालाई अविश्वासको प्रस्ताव दर्ता गराउने क्रममा कतिपय सांसदको फर्जी हस्ताक्षर किन गरेको भनेर प्रश्न सोधिएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…