• अर्जुन जम्नेली राई

    वनको चरी वनैमा कुर्लियो
    मन परेको सोल्टेनीलाई मुलघाट मै भेटियो
    माछा पानीमा, सजाउछु तिमिलाई यो दिलैमा...

    वनको काडा तिर्खार्नु पर्दैन
    नक्कले यो सोल्टीलाई म पिरती लाउँदिन
    फूलमा भमरा सजाउनु पर्दैन यो दिलैमा
    माछा पानीमा.....

    चर्चित गायिका मेलिना र राकेश राईको स्वरमा रहेको दोहोरी गीतको भिडियो रिलिज भएको करिव तीन महिना भयो । पूर्बी नेपालमा निक्कै रुचाइएको यो गीत गणेश थक्लुङ लिम्बूको शब्द सिर्जना हो । यही गीत ‘तेस्रो योङ माईन्ड्स ईन्टरटेन्मेन्ट अवार्ड २०७७’को प्रतिस्पर्धामा रहेको छ । 

    बार्षिक रुपमा नयाँ नयाँ गायक तथा श्रष्टाहरुलाई छानेर सम्माण गर्दै आएको योङ माईन्ड्स ईन्टरटेन्मेन्टले यो बर्ष बेष्ट गीतकार, बेष्ट सिंगर मेल÷फिमेल, बेष्ट म्युजिसियन लगायत गीत÷संगीतको १० वटा बिधामा अवार्डेड गर्दैछ । 
    लिरिक्समा मोरङ पथरीशनिश्चरे–१० का गणेश थक्लुङ लिम्बूको ‘माछा पानीमा.., बोलको गीत देशभरबाट टप–५ मा नछौट भएको हो । थक्लुङसँगै बालकृष्ण न्यौपाने, जनक रावल, प्रदिप कार्की र वाईबी गुरुङको गीतहरु अवार्डको प्रतिष्पर्धामा रहेका छन् । 

    आयोजकले गायक तथा सर्जकहरुलाई चैत्र १ गते काठमाडौमा कार्यक्रमको आयोजना गरेर नोमिनेसनमा परेको प्रमाणपत्र दिएका छन । अवार्डको लागि हरेक विधामा पाँच पाँच जना छानेको थियो । यही २३ गते काठमाडौंमा बृहत कार्यक्रमको आयोजना गरी ग्राण्ड फिनाले हुने गीतकार गणेश थक्लुङ लिम्बूले जानकारी दिए । 
    एसएमएस भोटिङ र निर्णायकले दिने नम्बरको आधारमा अवार्ड बिजेता घोषणा हुनेछ । गीत पूर्बी नेपालमा रुचाइएकाले एसएमएस भोट पाउनेमा आफू आशावादी रहेको गीतकार थक्लुङ लिम्बूको भनाइ छ । 

    उदीयमान गीतकार थाक्लुङ लिम्बुको शब्द चर्चित गायक, गायिकाहरुको स्वरमा लयबद्ध भइसकेका छन् । जसमध्ये राजेशपायल राईको स्वरमा रहेको ‘लाखौ खुशी दिए तिमिलाई..., प्रथम नेपाली तारा दीपक लिम्बूले गायको ‘यो कस्तो डुङ्गा चढायौ तिमिले..., बोलको गीत दर्शक÷श्रोताले रुचाएका छन् । यी गीतहरुको संगीत बिनोद खम्बू र ताराप्रकाश लिम्बूले गरेका थिए । 

    तीन दर्जनभन्दा बढी गीत लेखि सकेका लिम्बूको रामकृष्ण ढकालको स्वर र राजेश थापा मगरको संगीतमा रहेको लिप्सिङ भीडियो आउन लागेको छ । ‘मैले माया गरेको मेरो मान्छे, आज अर्कैको साथमा देख्छु...., बोलको गीत निक्कै मर्मस्पर्शी छ । 
    भारतको देहरादुन स्थित आर्मी क्याममा जन्मिएका लिम्बूको बाल्यकाल झापाको दमक र मोरङको तत्कालीन शनिश्चरेमा बित्यो । स्कुले जीवनदेखि नै मुक्तक, कविता लेख्दै आएका लिम्बू पछिल्लो समयमा गीत रचनाकारको रुपमा स्थापित भएका हुन ।  

    थक्लुङ मोरङ पथरीशनिश्चे–१० मंगलबारे स्थित हिरक निम्न माध्यामिक विद्यालय सञ्चालक समितिको पूर्ब अध्यक्ष । पथरीशनिश्चरे रंगशाला निर्माण समिति, लिम्बू चोत्लुङ एकता समाजको अध्यक्ष, पथरीशनिश्चरे सीसी क्यामरा जडान समिति, नव दुर्गा सेवा सदन मन्दीर समितिको पूर्ब सचिव, थक्लुङ बंशावली लेखन समितिको सदस्य भएर सामाजिक कार्यमा लाग्दै आएका छन् । 

    गणेश थक्लुङ लिम्बूकै संकलन तथा लेखनमा २०७२ मा ‘नुनढाकी एक पहिचान अनेक’ र २०७५ मा ‘याक्थुङ साप मुन्धुम निरुम्लो’ पुस्तक प्रकाशन भएको छ । 
    मनको भावना पोख्ने माध्यमको रुपमा गीतलाई लिने थक्लुङ विभिन्न स्थानमा पुग्दा देखिने दृश्य र अनुभवहरुलाई समेटेर गीतमा उतार्ने गरेका छन् । सामाजिक सञ्जालहरु मार्फत अवार्डको लागि भोट माग्दै आएका थक्लुङ आफन्त, शुभचिन्तकहरुलाई भोट गरिदिन अनुरोध गरेका छन् । 
     

सम्वन्धित समाचार

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…

 महेन्द्रनगर, २९ फागुन   उहाँ देउडा गायनका क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपर्नुभएको छ । पछिल्…

गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम…