• उर्लाबारी, ११ चैत
    झापाको दमक नगरपालिका वडा नं. ६ मा रहेको स्वणर्लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उर्लाबारी - ७ इटहरा रोडमा पनि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
    सो सहकारीको १२ औँ स्थापना दिवसको अवसर पारेर उर्लाबारीमा पनि सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । मंगलबार नै झापाको झिलझिलेमा पनि सो सहकारीको सेवा केन्द्र सञ्चालनमा आएको छ । 
    उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सेवा केन्द्र उद्घाटन गर्दै सहकारीको नीति, पद्धति भित्र 
    रहेर सेयर सदस्यहरुलाई सेवा दिनुपर्नेमा जोड दिएका छन् । आगामी वर्षमा शेयर सदस्यहरुको विश्वास जित्दै सहकारी अघि बढ्नुपर्ने भन्दै शूभकामना दिएका छन् । 
    नगरपालिकाले पनि सहकारी ऐन निर्माण गरेको बताउँँदै नगर प्रमुख फागोले मुनाफाको १ प्रतिशत नगरमा सामाजिक सेवामा खर्च गर्नै पर्ने बताएका छन् । उनले एक ब्यक्ति, एक सहकारीको अवधारणालाई पनि 
    लिएर अघि बढ्न सुझाब दिएका 
    छन् । 
    त्यसैगरी उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले कोभिड १९ का कारण 
    नगरका व्यवसायी मारमा परेको भन्दै सहकारीले यहाँका व्यवसायीलाई 
    सरल र सर्वसुलभ रुपमा कर्जा प्रवाह गर्न आग्रह गरेका छन् । 
    कार्यक्रममा सहकारी अभियन्ता तेजकुमार रिजालले सेयर सदस्यहरुलाई विश्वासमा लिएर सहकारी अघि बढे सफलता हात पार्ने बताएका छन् । कार्यक्रममा संस्थाका सचिव बुद्धिसागर बरालले स्वागत मन्तव्य राखेका 
    थिए । दमक नगरपालिका - ६ मा केन्द्रीय कार्यालय रहेको सो सहकारीले २०६६ साल चैत ११ गतेबाट सेवा सुरवात गरेको हो । 
    संस्थाको हाल कारोबार १ अर्ब १३ करोड बढी रहेको व्यवस्थापक कमलकुमार घिमिरेले जानकारी दिएका छन् । सो सहकारीको फागुन मसान्तसम्म शेयर पूँजी ९ करोड २ लाख ६९ हजार ७ सय रुपैयाँ, बचत निक्षेप ६३ करोड २९ लाख ८५ हजार ७ सय ७५, ऋण लगानी ८० करोड १३ लाख ५९ हजार ५९ रुपैयाँ , कोष हिसाब ७ 
    करोड ७० लाख १३ हजार २९५ 
    रहेको कोषाध्यक्ष चन्द्रमाया निरौला 
    (जमुना) ले जानकारी दिएकी 
    छन् । 
    सो सहकारीमा हाल ५ हजार ७९६ जना शेयर सदस्य रहेका छन् । हाल केन्द्रीय कार्यालय दमक, सेवा केन्द्रहरु उर्लाबारी र झिलझिलेबाट सेवा दिँदै आएको छ भने यस वर्षसम्म ७ वटा सेवा केन्द्र खोल्ने तयारी छ । आगामी १० वर्षसम्ममा ४० वटा सेवा केन्द्र कार्यालय खोल्ने लक्ष्य रहेको अध्यक्ष रवि न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार हाल सहकारीमा ४५ जना कर्मचारी कार्यरत रहेका छन् । सो सहकारीले भूकम्प, आगलागी, बाढी, कोरोना संक्रमण, दृष्टिबिहीन, क्यान्सर रोग लगायतका पीडितलाई राहत समेत प्रदान गर्दै आएको छ ।राष्ट्रिय समाचार पत्र दैनिकबाट साभार 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…