सुमन घिमिरे
मोरङको दोश्रो ठूलो शहरका रुपमा परिचित उर्लाबारी नेपाल सरकारको निणर्यबाट २०७१ साल बैशाख २५ गते नगरपालिकाको रुपमा घोषणा भए पश्चात क्रमश ः शहरीकरणमा बिस्तार हुँदैछ । मोरङ जिल्लाको सदरमुकाम
विराटनगरबाट करिव ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा अवस्थित उर्लाबारी
नगरपालिकामा २०७३ फागुन २७ गते राज्य पुर्नसंरचनाको निणर्य अनुसार साविक राजघाट गा.वि.स र साविक मधुमल्ला गा.वि.स. को वडा ७, ८ र ९ समायोजन भएका थिए । मोरङ जिल्लाकै नमूना नगरको रुपमा परिचिति हुन उन्मुख उर्लाबारी नगरपालिकाको पूर्वमा झापा जिल्लाको दमक नगरपालिका, पश्चिम क्षेत्रमा पथरीशनिश्चरे नगरपालिका, उत्तरमा मिक्लाजुङ्ग गाउँपालिका र दक्षिणमा रतुवामाई नगरपालिकासँग सिमाना जोडिएको छ ।
यस नगरपालिकाको क्षेत्रफल भने ७४.६२ वर्ग कि.मि. रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगरपालिका अवस्थित रहेको छ । उर्लाबारी नगरपालिकामा ७० हजार बढी जनसंख्या मध्ये ५१.१३ प्रतिशत महिला र ४८.८७ प्रतिशत पुरुष सहित १३ हजार ७६१ घरधुरी रहेको तथ्यांकमा उल्लेख छ । अधिकांश भू-भाग खेतीयोग्य जमिन भएता पनि बढ्दो सहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाउनुपर्ने देखिएको छ । शहरीकरणमा तिब्रता पाउँदै गरेको उर्लाबारीमा व्यवस्थित रुपमा बिकासलाई अघि बढाउन गुरुयोजना बनाएर अघि बढ्नुपर्ने देखिएको छ । उर्लाबारी नगरपालिकामा ९ वटा वडा रहेका छन् । ९ वटा वडा मध्ये अधिंकाश वडा ग्रामीण क्षेत्रमा रहेको छ । उर्लाबारीको मुख्य चौकदेखि ग्रामीण क्षेत्रसम्म फैलिएको वडा नम्बर ५ क्रमिक रुपमा बिकासमा लम्किरहेको छ । २०७७ सालमा भएको स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएपछि ग्रामीण क्षेत्रदेखि शहरी क्षेत्रसम्म बिकासको गतिले तिब्रता पाएको छ । स्थानीय तहको निर्वाचनबाट उर्लाबारी ५ को वडाध्यक्षमा भानुभक्त पराजुली तथा सदस्यहरुमा देबिकला राई, रामकुमारी विक, तुलबहादुर थापा र रविन लामा निर्वाचित हुनुभएको हो । उर्लाबारी नगरपालिका वडा नम्बर ५ भौगोलिक रुपमा शहरी क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्मले घेरिएको छ । सो वडा उर्लाबारी-मधुमल्ला सडक खण्डदेखि पश्चिम स्कूलडाँडा सडक खण्ड हुँदै उत्तर एक नम्बर वडासम्म फैलिएको छ । उर्लाबारी ५ नम्बर वडा ३ वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित छ । यस वडामा विशेषगरी बाहुन, क्षेत्री, राई, लिम्बु तामाङ, थारु, दलित लगायतका सबै जातजातिको बसोबास छ । पूर्वपश्चिम लोकमार्गको एक किलोमिटर क्षेत्र यो वडाको भाग
रहेको छ । उर्लाबारी ५ नम्बर वडामा ६ हजार हाराहारी जनसंख्या र मतदाता लगभग ४ हजार रहेका छन् । सो वडाको करिब एक किलोमिटर क्षेत्रमा बक्राहा खोला रहेको छ । यस्तै दुईदेखि अढाई किलोमिटरसम्म राम्री खोला पर्ने गरेको छ । यस खोलाले वर्खाको समयमा ठूलो क्षति पुर्याउने गरेको स्थानीयबासी समेत बताउँछन् । वर्खाको समयमा आउने बाढीका कारण सो खोला आसपासका दर्जनौँ घरपरिवार बिस्थापित हुनुपर्ने अवस्था रहेको छ । सो वडाको राम्री खोला अन्र्तगत जनज्योति मार्गमा पक्की पुल निर्माण पनि सुरु भएको छ ।
उर्लाबारी नगरपालिकाको पाँचौ नगरसभाले नगरको गौरवको योजना अन्र्तगत राम्री खोलामा पनि पक्की पुल निर्माण गर्ने निणर्य गरेको थियो । सो पुल निर्माणका लागि उर्लाबारी नगरपालिकाले ५० लाख रुपैयाँ बजेट बिनियोजन समेत गरेको
छ । नगरसभाको निणर्य अनुरुप पुल निर्माणका लागि सोयल टेष्ट गर्ने काम सम्पन्न भएको र चाँडै नै ठेक्का पक्रियामा जाने वडाध्यक्ष पराजुलीले बताउनुभयो । सो खोलामा पक्की पुल निर्माण भएपछि उर्लाबारी ५ नम्बरसँगै वडा नम्बर १, ४ र मिक्लाजुङ गाउँपालिकाका बासिन्दा समेत लाभान्वित हुनेछन् । सो खोलामा पक्की पुल निर्माण हुँदा बर्खाको समयमा स्थानीयबासीलाई आवतजावतमा समस्या हुँदै आएको थियो । आगामी आर्थिक वर्षभित्रमा सो पुल निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । यो पुल निर्माण भएमा आफूहरुलाई ठूलो राहत मिल्ने स्थानीयबासी बताउँछन् । सो वडाको झुम्राहा क्षेत्रमा टिपर आतंक बढेपछि स्थानीयबासीले आन्दोलन समेत गर्दै आएका छन् । पुल निर्माण भएपछि टिपरलाई एकतर्फी रुपमा मात्र सञ्चालन गर्न सकिने भएकाले टिपरको आतंकमा कमी आउने अपेक्षा गरिएको छ । निर्वाचनको समयमा हामी जनप्रतिनिधिले गरेको प्रतिबद्धता क्रमश ः पुरा हुँदै जाँदैछन्, वडाध्यक्ष पराजुलीले भने- ‘सोचे अनुरुप काम गर्न भने सजिलो
रहेनछ । उर्लाबारी नगरपालिकाबाट वडा नम्बर ५ मा आर्थिक वर्ष ०७४—०७५ देखी २०७७/७८ सम्म करिब ४
करोड रुपैयाँको सिलिङ बजेट आएको छ । अहिलेसम्म नगरबाट आएको सिलिङ बजेट प्राय ः खर्च हुने नै गरेको देखिएको छ ।’ गत आवको बजेटमा कोभिड १९ का कारण ४० देखि ५० लाख रुपैयाँ भने फ्रिज भएको वडा कार्यालयले जनाएको छ । नगरपालिकाले कालोपत्रको ३ वटा सडकको टेण्डर पक्रिया सुरु नगर्दा बजेट फ्रिज भएको वडाध्यक्ष पराजुली बताउनुहुन्छ । वडा अध्यक्ष पराजुलीका अनुसार आफू वडा अध्यक्ष भएर पदभार ग्रहण गरेदेखि चालु आवसम्म कालोपत्रे लगभग ५ किलोमिटर, ग्राभेल ८ देखि १० किलोमिटरसम्म हुनेछ । वडा नम्बर ५ मा अहिलेसम्म कल्भर्ट निर्माण भएको छैन भने यातयातको हिसाबले पक्की पुल दुई वटा आवश्यक देखिएको छ । एउटा नगरको गौरवको योजना अन्तर्गत राम्री खोलामा पनि पक्की पुल निर्माण हुँदैछ भने अर्को राम्री खोलाको झुम्राहा चोक दक्षिण साखरु मार्गमा एउटा पक्की पुल निर्माण आवश्यक देखिएको छ । सो ठाउँमा पनि पक्की पुल निर्माण भए वडाबासी लाभान्वित हुने देखिएको छ ।
वडा नम्बर ५ मा संघीय सरकार र प्रदेश सरकारले त्यति नहेरेको पाईएको छ । संघीय सरकारले केही बजेट बिनियोजन गरेपनि प्रदेश सरकारले हेर्दै नहेरेको पाईएको छ । संघीय सरकार अन्तर्गत सांसद् घनश्याम खतिवडाको सांसद् बिकास कोषबाट रु २० लाखको बजेटमा जनज्योती मार्गमा ढल निर्माणको काम भएको र त्यो अधुरै
रहेको वडाध्यक्ष पराजुली बताउनुहुन्छ । सो योजना अधुरै रहेकाले निर्माण पुरा गर्नका लागि सांसद् खतिवडासँग पहल गरिरहेको उहाँ बताउनुहुन्छ । यस्तै सांसद् खतिवडाकै सांसद् बिकास कोषबाट उर्लाबारी ५ कै डिबी मार्गमा १५ लाख रुपैयाँको बजेटमा चालु आर्थिक वर्षमा कालोपत्र निर्माण भएको छ । संघीय सरकारबाट दुई आर्थिक वर्षमा मात्रै वडामा बजेट आएको देखिएको छ । यस वडामा प्रदेश सरकार र प्रदेश सांसद् बिकास कोषबाट बजेट आएको आफूलाई अहिलेसम्म थाहा नभएको वडाध्यक्ष
पराजुली बताउनुहुन्छ । उर्लाबारी ५ नम्बर वडामा जनप्रतिनिधि आउनु भन्दा अघिसम्म यस वडा नेता धेरै भएको तर बिकास भने नभएको वडाको रुपमा आफूले पाएको वडाध्यक्ष पराजुली बताउनुहुन्छ । सामुदायिक विद्यालय,
सरकारी संघसंस्था समेत नभएको तर ठूला नेताहरुको बसोबास भएको वडाको रुपमा यस वडा रहेको र क्रमश ः बिकासको पथमा अघि बढिरहेको उहाँ बताउनुहुन्छ । मन्त्री, सांसद्देखि मेयरसम्म उर्लाबारी वडा नम्बर ५ कै भएकाले अब बजेट आउनेमा आफू आशावादी रहेको वडाध्यक्ष पराजुली बताउनुहुन्छ । वडाध्यक्ष पराजुली आफूले वडामा कुनै भेदभाव नगरी काम गर्दै आएको बताउनुहुनछ । प्रत्येक वर्षको बजेट निर्माण गर्ने बेलामा सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर सुझाब लिँदै आएको छु, उहाँले भन्नुभयो - ‘मलाई यो वडामा सबै दलका साथीहरुले सहयोग गर्नुभएको छ ।’ नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित पराजुलीले फरक राजनीतिक दलबाट आफुलाई अहिलेसम्म कुनै असहयोग नभएको बताउनुहुन्छ । बजेट निर्माणदेखि कार्यान्वयन गर्ने बेलासम्म सबै
राजनीतिक दलका साथीहरुसँग सल्लाह गरेरै अघि बढ्ने गरेको पराजुली बताउनुहुन्छ । वडा नम्बर ५ मा संचालन हुने आयोजना तथा कार्यक्रममा पार्टी, जाति, धर्म, लिङ्ग र वर्गका आधारमा कसैलाई विभेद नगरिएको उहाँले बताउनुभयो ।उर्लाबारी वडा नम्बर ५ विविधताले फैलिएको वडा हो । यस वडा सुगमदेखि दुर्गम क्षेत्रसम्म फैलिएको छ । वडाबासीले जहिल्यै पनि बक्राहा र राम्री खोलाले पार्ने समस्या आफूहरुलाई ब्यक्त गर्ने गरेका छन् । यस वडामा वैदेशिक रोजगारका क्रममा घटेका घटनाहरुको समस्या लिएर पनि वडाबासी वडा कार्यालय आउने गरेको वडाध्यक्ष पराजुलीले बताउनुभयो । पारिवारक समस्या, घरजग्गा विवाद, ब्यक्तिगत विवाद, बजार पसल विवाद वडा कार्यालय सम्म आउने गरेका छन् । वडा कार्यालयमा आउने सामान्य प्रकारका विवादलाई वडास्तरमा गठन गरिएको मेलमिलाप समितिमार्फत मिलाउन प्रयास गरिने र मिल्न नसक्ने विवादलाई नगरपालिकाको न्यायिक समितिमा पठाईने गरिएको छ । वडामा वडाध्यक्ष
पराजुलीसहित वडासदस्य तुलबहादुर थापा, शोभा चेम्जोङ पालुङ्वा, सिता राई र घनश्याम भण्डारी रहनुभएको वडास्तरीय मेलमिलाप समिति बनाईएको छ । उहाँहरुले वडामा हुने सामान्य
प्रकारमा बादविवादलाई छलफलको माध्यमबाट समाधान गर्ने प्रयास गर्नुहुने
छ । विवाद समाधान गर्ने क्रममा आवश्यक परेमा मेलमिलाप समिति र वडा समितिबीच संयुक्त बैठक समेत हुने गरेको पाईएको छ ।
उर्लाबारी ५ नम्बर वडामा सामुदायिक विद्यालय छैन । संस्थागत विद्यालयमा उर्लाबारीकै पुरानो सुनगाभा बोर्डिङसहित ४ वटा र मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले संचालन गरेको मदन भण्डारी कृषि क्याम्पस रहेको छ । सो कृषि क्याम्पसमा अध्ययन गर्न
मोरङ, झापाबाट मात्र नभएर प्रदेश १ का बिभिन्न जिल्लाबाट विद्यार्थीहरु आउने गरेका छन् । कृषि क्याम्पसमा आउने विद्यार्थीको चापका कारण उर्लाबारी ५ को चहलपहलमा बृद्धि गरेको छ । विद्यार्थीकै कारण उर्लाबारी ५ मा घरका कोठाहरु भाडामा लाग्ने गरेका कारण स्थानीयबासी पनि लाभान्वित भएका छन् । उर्लाबारी ५ मा दुई वटा निजी अस्पताल संचालनमा रहेका छन् । उर्लाबारी ५ स्कूलडाँडामा अरनिको अस्पताल सञ्चालनमा रहेको छ भने चैतको पहिलो सातासम्म वडा कार्यालयमा दर्ता हुन बाँकी रहेको गोदावारी हस्पिटलले पनि यसै वडाबाट सेवा दिईरहेका छन् । ५ नम्बर वडा सञ्चार क्षेत्रमा पनि अग्रणी
रहेको देखिएको छ । उर्लाबारी नगरकै एक मात्र एफ.एम. रेडियो र दैनिक पत्रिका यसै वडाबाट संचालन हुँदै आएका छन् । प्राइम एफ.एम.प्रालिमार्फत प्राइम एफ.एम. १०५.२ मेगाहर्ज बिगत ३ वर्षदेखी उर्लाबारी - ५ को न्युरोडबाट प्रशारण हुँदै आएको छ । यसैगरी
उर्लाबारीकै एक मात्र दैनिक पत्रिका
राष्ट्रिय समाचार पत्र दैनिक पनि
उर्लाबारी - ५ कै न्युरोडबाट प्रकाशित हुँदै आएको छ । युवा मन नेपाल प्रालिमार्फत अनलाईन युटुब च्यानल पनि उर्लाबारी - ५ कै न्युरोडबाट प्रशारण हुँदै आएको छ । सहकारी क्षेत्रमा पनि
उर्लाबारी ५ नम्बर वडा अब्बल देखिएको छ । उर्लाबारीकै अग्रणी दुई ठुला
सहकारीसहित धेरै वटा सहकारीहरु यस वडामा रहेका छन् । हाम्रो साकोस,
सगरमाथा साकोस, सुदर्शन साकोस, सिद्धिबिनायक, उर्लाबारी लगायतका सहकारीहरु यस वडामा रहेका छन् । उर्लाबारी ५ नम्बर वडाका अधिंकाश घरधुरीले खानेपानी भने उपयोग गर्न पाएका छन् । वडामा प्राय सबै घरमा खानेपानी पुगेको वडाध्यक्ष पराजुलीले बताउनुभयो । यस वडामा कोही पनि शुद्ध खानेपानीबाट बञ्चित हुन नपरेको र त्यस्तो भए वडा कार्यालयमा खबर गर्न सुचना जारी गरेको उहाँले बताउनुभयो । उर्लाबारी ५ नम्बर वडामा करिब ३० परिवार भूमिहीन सुकुम्बासी रहेका छन् । सुकुम्बासी र अव्यवस्थित बसोबास
गरेर करिब एक सय परिवार रहेको वडा कार्यालयले जनाएको छ । आफूहरु जनप्रतिनिधि भएकै बेला उनीहरुलाई व्यवस्थापन गर्न सके निर्वाचनको समयमा गरिएको प्रतिबद्धता पुरा हुने वडाध्यक्ष पराजुली बताउनुहुनछ ।
सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्यालाई तिब्रताका साथ समाधान गनुपर्नेमा उहाँले जोड दिनुभयो । उर्लाबारी ५ मा मिक्लाजुङको टाँडी क्षेत्रबाट बसाईँ सरेर आउने धेरै रहेको पाईएको छ । यस्तैगरी भोजपुर जिल्लाबाट उर्लाबारी ५ मा बसाई सरेर धेरै आएको वडाको तथ्यांकमा उल्लेख छ । यस वडाबाट बसाई सरेर जानेको तथ्यांक भने निकै कम रहेको पाईएको छ । उर्लाबारी ५ नम्बर वडाको आम्दानीको मुख्य श्रोत भनेकै कर हो । व्यवसायिक कर, घरबहाल कर, वैदेशिक रोजगार सिफारिस कर लगायत वडाको आम्दानीको मुख्य श्रोत हो । उर्लाबारी-मधुमल्ला सडकमा भएका खाल्डो र धुलोका कारण उर्लाबारी चौकबाट उत्तर मधुमल्ला रोडको बजार क्षेत्र बिकास हुन नसकेको पराजुली बताउनुहुन्छ । उर्लाबारी- मधुमल्ला सडक खण्डको समस्या समाधानका लागि पटक-पटक आग्रह गरेपनि कुनै पनि निकायले चासो नदेखाएको वडाका जनप्रतिनिधिहरु बताउनुहुन्छ । उर्लाबारी - मधुमल्ला सडक खण्डको बजार क्षेत्र बिकास हुन नसक्दा समस्या भएको वडाध्यक्ष पराजुली बताउनुहुन्छ । सो सडक खण्डको बजार क्षेत्र बिकास भएमा वडा कार्यालयको आम्दानी पनि बढ्ने उहाँको भनाई छ । उर्लाबारी ५ मा बालबालिकाको क्षेत्रका लागि वडास्तरीय बाल क्लब गठन गरी क्लबलाई नै परिचालन गरिएको छ । बालबालिकाको क्षेत्रमा हुने बिभिन्न समस्या समाधानका लागि क्लबलाई नै परिचालन गरिएको हो । वडा कार्यालयले वर्षेनी बालबालिकाको क्षेत्रमा पनि बजेट बिनियोजन गर्दै आएको छ । क्लबका अध्यक्ष र पदाधिकारीलाई समय-समयमा वडा कार्यालयमा बोलाएर उनीहरुको समस्या पनि सुन्ने गर्दै आएको वडाध्यक्ष पराजुली बताउनुहुन्छ । वडा कार्यालयले महिला उद्यमलाई पनि जोड दिँदै आएको छ । महिलाहरु दिनभर घरमा त्यतिकै फुर्सद भएर बस्नुभन्दा उनीहरुलाई उद्यमशिल बनाउने गरेको बताईएको छ । वडामा रहेका महिलाहरुलाई उद्यमशील बनाउन वडा कार्यालयले प्रत्येक वर्ष बिभिन्न सीपमुलक तालिम संचालन गर्दै आएको छ । उर्लाबारी ५ मा रुपा श्रेष्ठको संयोजकत्वमा महिला उद्यमीहरुको समूह समेत गठन गरिएको छ । सो समुहले तयार पारेको सामग्रीको उर्लाबारी चोकमा पसल समेत राखिएको छ । वडाका महिलाहरुलाई अचार बनाउने, ढाका बुनाईदेखि बिभिन्न क्षमता अभिबृद्धिसम्मका तालिमहरु संचालन गर्दै आएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष पराजुलीलाई इच्छा भएपनि काम गर्न नसकिरहेको योजनामा सार्वजनिक शौचालय र नाईट भिजन मार्केट रहेको पाईएको छ । उर्लाबारीको मुख्य चौक उत्तरमा व्यवस्थित सार्वजनिक शौचालय निर्माण सुरु गरिए पनि जग्गा विवादका कारण सो योजना रोकिएको छ । उर्लाबारी ५ मा जसरी भएपनि एउटा व्यवस्थित सार्वजनिक शौचालय निर्माण गर्ने आफ्नो योजना रहेको वडाध्यक्ष पराजुली बताउनुहुन्छ । यसैगरी उर्लाबारी ५ को उद्योग वाणिज्य संघ सडकदेखि न्युरोडसम्म नाईट भिजन मार्केट बनाउने वडाध्यक्ष पराजुलीको सोच रहेको छ । सोच रहेपनि यो योजना बिभिन्न कारणले अघि बढ्न नसकेको बताउँदै उहाँले भविष्यमा पुरा हुनेमा आशावादी रहेको बताउनुहुन्छ । यस्तै बक्राहा खोलामा १ किलोमिटर तटबन्धन गर्ने योजना रहेपनि पुरा हुन नसकिरहेको उहाँले बताउनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण वडा नम्बर ५ का स्थानीयबासी पनि प्रभावित भए । कोरोनाबाट बचाउन वडा वडामा सचेतनामुलक प्रचारप्रसारमा वडाका जनप्रतिनिधि आफै खटिएका थिए । वडाध्यक्ष पराजुलीदेखि सबै वडा सदस्यहरु कोरोनाबाट प्रभावितहरुको समस्या समाधानदेखि रोग नियन्त्रणका लागि प्रचारप्रसारमा खटिएका थिए ।
कोरोनाबाट बचाउन नेपाल सरकारले ल्याएको खोप कार्यक्रम अन्र्तगत वडाका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई पनि कोरोना खोप लगाईएको छ । कोरोना खोप कार्यक्रममा उर्लाबारी ५ का जेष्ठ नागरिकको उत्साहजनक सहभागिता पाईएको वडा कार्यालयले जनाएको छ । कोरोना खोप लगाउन जुटेका वडाका जेष्ठ नागरिकलाई आगामी दिनमा लगाउने जनाईएको छ ।
५ नं.को सुत्केरी पोषण कार्यक्रमबाट यस वर्ष ४० जनाले लाभ लिएका
छन् । प्रति सुत्केरीले ५ हजार २ सय ५० रुपैयाको सामग्री प्राप्त गरेका छन् । गर्भवतीदेखि सुत्केरी भएका महिलाहरुलाई लक्षित गरेर वडा कार्यालयले सञ्चालन गर्दै आएको यस कार्यक्रम निकै प्रभावकारी देखिएको छ । यस कार्यक्रमबाट हालसम्म वडामा ९० बढी महिला लाभान्वित भईसकेका
छन् । आगामी आवमा ५० बढी महिलालाई सुत्केरी पोषण कार्यक्रममा समेट्ने योजना रहेको वडाध्यक्ष पराजुली बताउनुहुन्छ । गर्भधारण तथा सुत्केरी भएका ४० जना महिलालाई यसवर्ष २५ केजी चामलसहित दाल, हरलिक्स, ज्वानो, जोनसोन सावुन, अण्डा, स्यायु, तेल, घिउ, मह, लगायतका सामग्री
वितरण गरिएको थियो । वडाकी विनीताकुमारी सिंहले सामग्री पाएपछि स्थानीय सरकारको महशुस भएको बताउनुभयो । काम गरेर खाने आफू जस्ता समुदायको लागि कार्यक्रम
वरदान भएको उहाँले बताउनुभयो । उर्लाबारी ५ की वडा सदस्य देविकला
राईले विपन्न समुदायका लागि वडाले ल्याएको सुत्केरी पोषण कार्यक्रम अत्यन्तै उपयोगी बन्दै गएको बताउनुभयो । उर्लाबारी ५ नम्बर वडामा पूर्वकै ठूला बौद्ध गुम्बा रहेको छ । सो गुम्बामा बौद्ध दर्शन सम्बन्धी पठन पाठन हुँदै आएको छ । सभाहल समेत रहेको सो गुम्बामा उर्लाबारी हुने अधिंकाश ठूला कार्यक्रम आयोजना हुने गरेका छन् । गुम्बाको अध्यक्ष यसै वडाका महेन्द्रजंग तामाङ रहनुभएको छ । तामाङ लामो समयदेखि सो गुम्बाको संरक्षण र प्रबद्र्धनमा लागिरहनुभएको छ । यस्तै सन्तमत सत्सङ, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, तुङ्गा गुम्बा लगायतका धार्मिक क्षेत्र
उर्लाबारी ५ नम्बर वडामा रहेका छन् । उर्लाबारी ५ को पूर्वाञ्चल बौद्ध गुम्बालाई रणनीतिक योजनासहित बिकास गर्न सके बौद्ध धर्मालम्बी पर्यटकको आकर्षण बढ्ने देखिएको छ । उर्लाबारी ५ को
नरकुमारी मार्गमा भने बिद्युतको समस्या रहेको पाईएको छ । सो भेगका स्थानीयबासीले लामो तार टागेर धेरै
परबाट बिद्युत ल्याउनुपर्ने बाध्यता रहेको वडाध्यक्ष पराजुलीले बताउनुभयो । सो भेगमा ४० वटा वति बिधुत पोलको व्यवस्थापन गर्न सके वडाभरि नै बिद्युतको समस्या तत्काललाई अन्त्य हुने उहाँले बताउनुभयो । यो समस्या समाधानका लागि पनि आफुले बिद्युत प्राधिकरणमा छलफल गरिरहेको बताउनुभयो । उर्लाबारी ५ को मुख्य समस्यामा मधुमल्ला सडक खण्ड धुलाम्मे भएर बजारको बिकास हुन नसक्नु र ढल निकासको उचित व्यवस्थापन नै रहेको वडा कार्यालयले जनाएको छ । बर्खाको समयमा ढलको उचित व्यवस्थापन नहुँदा वडाका दर्जनौँ घर डुबानमा पर्ने गरेका छन् । अव्यवस्थित बसोबासका कारण पनि ढल निकास नहुँदा समस्या भईरहेको पाईएको छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको प्रतिष्पर्धी रहनुभएका नेकपा एमालेका उम्मेद्वार चन्द्र भट्टराई वडाले निर्माण गर्ने बिभिन्न समितिमा आफूलाई राखेपनि बजेट बाँडफाड र योजनाको पक्रियामा सामेल नगराउने गरेको बताउनुहुनछ । उर्लाबारी ५ को डिबी मार्गमा निर्माण भएको कालोपत्रे सडक आफुले पनि हेरेको काम राम्रै भएको पाए, तर सबै राजनितिक दलको विश्वास लिएर वडाध्यक्ष अघि बढ्दा काम निष्पक्ष हुनेछ, उहाँले भन्नुभयो । उहाँले सर्वदलीय सहभागिताबाटे वडाबासीको हितमा काम गर्नुपर्ने सुझाब दिनुभयो ।(उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चार क्लब नेपालले प्रदान गरिएको लेखनबृत्ति)