मोरङ । मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिताको आज भएको खेलमा वडा नं. ३ विजयी भएको छ ।
४–१ गोल अन्तरले वडा नं. ६ लाई पराजित गर्दै ३ नम्बर प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । खेल सुरु भएको ३ मिनेटमै वडा नं. ६ का सनम तामाङले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
वडा नं. ३ का तर्फबाट २१ औँ मिनेटमा जहरमान लिम्बु, ३३ औं मिनेटमा साराङ लिम्बू र ५१ औं मिनेटमा प्रताप चेम्जोङले गोल गरेका थिए । ३ नम्बर वडाको लागि एउटा गचेल भने आत्मघाती भएको थियो । खेलको म्यान अफ द म्याच वडा नं. ३ का जहरमान लिम्बु घोषित भए ।
म्यान अफ द म्याच वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङ र किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष विवेक लिम्बूले नगद र मेडल प्रदान गरेका थिए । भोलिको खेल वडा नं. ७ र १० बीच हुने आयोजकको संयोजक कुमार राईले जानकारी दिए ।