• मोरङ । मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिताको आज भएको खेलमा वडा नं. ३ विजयी भएको छ । 

    ४–१ गोल अन्तरले वडा नं. ६ लाई  पराजित गर्दै ३ नम्बर प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । खेल सुरु भएको ३ मिनेटमै वडा नं. ६ का सनम तामाङले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । 

    वडा नं. ३ का तर्फबाट २१ औँ मिनेटमा जहरमान लिम्बु, ३३ औं मिनेटमा साराङ लिम्बू र ५१ औं मिनेटमा प्रताप चेम्जोङले गोल गरेका थिए । ३ नम्बर वडाको लागि एउटा गचेल भने आत्मघाती भएको थियो । खेलको म्यान अफ द म्याच  वडा नं. ३ का जहरमान लिम्बु घोषित भए । 

    म्यान अफ द म्याच वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङ र किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष विवेक लिम्बूले नगद र मेडल प्रदान गरेका थिए । भोलिको खेल वडा नं. ७ र १० बीच हुने आयोजकको संयोजक कुमार राईले जानकारी दिए । 
     

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …