• विराटनगर ।  विराटनगरमा पुनः कोरोना सङ्क्रमित बढ्न थालेपछि प्रशासनले समुदायमा होली नखेल्न आग्रह गर्दै आएको छ । तर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने होली खेल्न सार्वजनिक कार्यक्रममा पुगेका छन् ।
     उद्योग सङ्गठन मोरङले आयोजना गरेको होली शुभकामना आदान–प्रदान कार्यक्रममा पुगेका मुख्यमन्त्री राई बिहीबार विराटनगरका व्यापारीहरूको संस्था विराट व्यापार सङ्घले आयोजना गरेको होली विषेश कार्यक्रममा पुगेका हुन् । विराटनगरमा १८ र मोरङ जिल्लामा २० जनाभन्दा बढी कोरोना सङ्क्रमित भएकाले जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थानमा भिडभाड नगर्न र परिवारभित्र होली खेल्न आग्रह गर्दै आएको छ । अटेर गरे सङ्क्रामक रोग निवारण ऐन २०२० अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
    जोखिमका बीच मुख्यमन्त्री राई भने होलीको कार्यक्रममा सहभागी भएका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार नै सार्वजनिक स्थानमा भिडभाड नगर्न आग्रह गरेको थियो । तर बुधबार उद्योगीसँग होली खेल्न पुगेका मुख्यमन्त्री राई बिहीबार विराट व्यापार सङ्घले आयोजना गरेको होली शुभकामना आदान–प्रदान कार्यक्रममा पुग्दा प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियत पनि पुगेका थिए ।
    सङ्घीय सरकारको गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन, भिडभाड नगरी घरभित्रै बसेर होली मनाउन आग्रह गरिरहेको छ । तर मुख्यमन्त्रीले नै अटेर गरेको जिल्ला प्रशासन कार्यालय स्रोत बताउँछ । ‘मुख्यमन्त्रीज्यू होलीको सार्वजनिक कार्यक्रममा सहभागी भएपछि सर्वसाधारणलाई आग्रह गर्न गाह्रो भयो,’ जिल्ला प्रशासन कार्यालय स्रोत भन्छ, ‘जोखिम बढेका बेला मुख्यमन्त्रीज्यू नहिँड्नुपर्ने हो ।’ कोरोना सङ्क्रमणको जोखिम बढेपछि प्रदेश प्रमुख सोथनाथ अधिकारी प्यासीले आयोजना गरेको होली शुभकामना कायक्रम स्थगित गरेका   थिए ।
     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …