बिजय धिमाल
मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव ५५ किलोमिटर पूर्वउत्तर क्षेत्रमा अवस्थित उर्लाबारी नगरपालिका पर्दछ । यतिमात्र नभएर मोरङ जिल्लाभरी बिराटनगर पछिको दोश्रो ठूलो शहरमा परिचित छ उर्लाबारी नगरपालिका । नेपाल
सरकारको मिति २०७१-०१-२५ गतेको निणर्यानुसार नगरपालिका घोषणा भए तत्पश्चात नेपाल
सरकारको मिति २०७३-११-२७ गतेको पुर्नसंरचनाको निणर्यानुसार साविक उर्लाबारी नगरपालिका, साविक राजघाट गाविस पुरै क्षेत्र र साविक मधुमल्ला गाविसको वडा ७, ८ र ९ समायोजन भई उर्लाबारी नगरपालिकाको रुपमा कार्यान्वयन भई नगरपालिका बनेको हो । साबिक राजघाट सिंगो १ देखि ९ नम्बर वडासम्म उर्लाबारी नगरपालिकामा गाभिन पुग्यो ।
नगरपालिकामा गाभिए पश्चात सिंगो साबिक राजघाट गाविस दुई वटा वडामा बिभाजित भयो । जसमा वडा नम्बर ८ र ९ हो । साविक
राजघाटको आफ्नै ऐतिहासिक
चिनारी तथा नामाकरण भएपनि
नगरमा गाभिएकोले एकादेशको कथा बन्न पुगेको अवस्था छ । उर्लाबारी नगरपालिका अन्र्तगत साविक
राजघाटको १,२,३,४ र ९ वडा समायोजन भएर एउटा सिंगो वडा नम्बर ८ भएको हो । नगर भरिकै वडा मध्ये सबैभनदा ठूलो वडा हो यो । यस वडाको पूर्वमा दमक
नगरपालिका, पश्चिम क्षेत्रमा
पथरीशनिश्चरे नगरपालिका, उत्तरमा उर्लाबारीकै ७ र ४ नम्बर वडा र दक्षिणमा उर्लाबारीकै ९ नम्बर वडा र रतुवामाई नगरपालिकासँग सीमाना जोडिएको छ । यस वडाको कुल क्षेत्रफ भने २०.३९ वर्गा किलोमिटर रहेको छ । यहाँको अधिकांश
भू-भाग खेतीयोग्य जमिन रहेको
छ । यस वडा भित्रको राजनैतिक अवस्थालाई हेर्दा आ-आफ्नै
तरिकाको अवस्था छ । द्वन्द, किचलो, आन्दोलन, आरोप प्रयारोप जस्ता गतिबिधिहरु त्यति भएको पाइन्न समग्रमा लिदा एक अर्का प्रति सम्यम र मेलमिलाप रहेको नै पाइन्छ । बिभिन्न जातजातिको समिश्रण भएकोले एक अर्का प्रति सद्भाव र सम्यम रहेको पाइन्छ । यस वडाको धरातलिय अवस्था भनेको उष्ण मनसुनी हावापानी संगै तापक्रम भने बढी हुनेगर्दछ । तराई मैदान र आवादी भएपनि जंगल भने रहेको छैन । यस वडामा प्रकृतिक सम्पदा भन्ने त्यस्तो केही पाइन्न । संकार र संस्कृतमा भने आफ्नो जाति र धर्म बिशेषका चार्डपर्वहरु आ-आफ्नै ढंगबाट फरक-फरक तरिकाले मनाउने गरेको पाइन्छ । धिमाल समुदायको भने आफ्नै भाषा, रहनसहन, भेषभुषा,
परम्परा, संस्कार, संस्कृति रहेको पाइन्छ र सबै जाति अनुसारको आ-आफ्नै तरिका वा विधि छ । धार्मीक अवस्था र स्थलहरुमा आदिवासी भित्र पर्ने जातिहरुको आ-आफ्नै किसिमको छ तर धिमाल जातिको भने फरक छ । टोलैपिच्छे ग्रामथान आफै निर्माण गरेको देख्न सकिन्छ । अन्य मठमन्दिरहरुमा नागेश्वर शिव मन्दिर, गणेश मन्दिर, काली मन्दिर, सिद्धेश्वर मन्दिर, राधा कृष्ण मन्दिर, सत्सङ्ग भवन, मस्जित र चर्ज रहेको छ । निश्चित क्षेत्र ओगटेर बस्ने वस्तिमा दुर्गापुरी, अठियाबारी र आम्बारीलाई लिन सकिन्छ । यस वडामा जनसंख्याको अवस्था भने करिव ९ हजार ६ सय ५२ जनसंख्या मध्ये एक तेश्रो लिङ्ग, ४ हजार ८ सय ११ महिला र ४ हजार ८ सय ४० पुरुष सहित १ हजार ८ सय घरधुरी रहेको छ । बढदो सहरीकरण भने यस क्षेत्र कमै रहेको पाइन्छ । वडा भित्र मुख्य बसोवास गर्ने जाति मध्ये क्षेत्री, ब्राम्ह्ण, धिमाल, लिम्बु, नेवार, राई, तामाङ, कामी, दमाई, मगर, माझी, दनुवार, सन्यासी/दशनामी, सन्थाल/सतार, थारु, गुरुङ, घर्ती/भुजेल, कठरीया, राजबंशी, मारवाडी, ठाकुर, कुमाल, सार्की, दर्नाल, ठकुरी र गुप्ता रहेको
पाइन्छ ।
प्रस्तुत आ.व. २०६८/०७६ नगर पाश्र्वचित्रको आधारमा बिभन्न जनसंख्या डाटा हेर्दा ः मातृभाषाको आधारमा जनसंख्या जम्मा ९ हजार ६ सय ५२ रहेको छ । जस मध्ये नेपाली ६ हजार ६०, धिमाल १ हजार ४ सय ६, लिम्बु ६ सय ८९, नेवार २ सय ६५, राई २ सय ८२, तामाङ ९०, मगर १ सय ६३, माझी ३७, सन्थाल ३ सय ११, दनुवार १ सय ५६, गुरुङ १६, थारु १ सय ३, हिन्दी ३, राजवंशी २७, मैथिली ३९, उर्दु २ र बंगाली ३ रहेको छ । धर्म अनुसार सनसंख्या जम्म ९ हजार ६ सय ५२ रहेको छ । जस मध्ये हिन्दु ७ हजार ८३, प्रकृति १ हजार ३ सय ४७, किराँत ८ सय ७९, बौद्ध २ सय २४, इसाई १ सय ६ र मुस्लिम १३ रहेको छ । जातिगत आधारमा जनसंख्या जम्मा ९ हजार ६ सय ५२ रहेको
छ । जस मध्ये क्षेत्री २ हजार २ सय ८०, ब्राम्ह्ण १ हजार ९ सय ५५, धिमाल १ हजार ५ सय १२, लिम्बु ८ सय ३५, नेवार ४ सय ३६, राई ३ सय ३२, तामाङ १ सय १९, कामी ३ सय २३, दमाई २ सय ६, मगर २ सय ३४, माझी ७१, दनुवार १ सय ६३, सन्यासी/दशनामी ६, सन्थाल/सतार ४ सय ९१, थारु ३ सय ९१, गुरुङ ६०, घती/भुजेल ८०, कठरीया ३, राजबंशी ३६,
मारवाडी १, ठाकुर ४४, कुमाल ४, सार्की ४३, दर्नाल ३, ठकुरी २ र गुप्ता १४ रहेको छ ।
पेशाको आधारमा जनसंख्या जम्मा ९ हजार ६ सय ५२ रहेको
छ । जस मध्ये कृषि २ हजार १२, नोकरी २ सय ३३, ज्यलादारी २ सय ६४, दक्ष रोजगारी ७०, वैदेशिक
रोजगारी ८ सय ६२, व्यापार/व्यवसायी २ सय २१, विस्तारित आर्थिक कम/उद्योग ७, बेरोजगार ५ सय ५६, घरधन्दा १ हजार ९ सय २२, अध्ययन ६ सय १०, अन्य ५४, कुनै काम नगरेको १६ वर्ष भन्दा मुनिका ५ सय ४८ र कामगर्न नसक्ने/बालबालिका २ हजार २ सय ८९ रहेको छ । अपाङ्गताको आधारमा जनसंख्या जम्मा ९ हजार ६ सय ५२ रहेको छ । जस मध्ये शारीरिक अपांगता ३१, दृष्टिविहिन ५, बहिरा ७, सुस्त मनस्थिति १४, बहु अपाङ्गता ७, दिर्घ रोगी २१, अपांगता ९३ र केही नभएको ९ हजार ५ सय ६७ रहेको छ । बसाई सराइ गरी आउने घरपरिवार जम्मा १ हजार ८ सय रहेको छ । जस मध्ये हो ९० र होइनमा १ हजार ७ सय १० रहेको छ । बसाई सर्नुको कारण जम्मा ९० रहेको छ । जस मध्ये
रोजगारी ३, शिक्षा ६, आर्थिक अवसर ३, नोकरी, पेशा/व्यवसाय १, अन्य पारिवारिक कारण ५, सुबिधाको लागी ६३ र अन्य ८ रहेको छ । व्यक्तिगत घटना दर्ता सम्बन्धी आ.ब. २०७४/०७५ हेर्दा जन्म ४८, मृत्यु १२, विबाह २५ छ भने सम्बन्ध बिच्छेद भने नभएको देखिन्छ । प्रविधिक, सीपयुक्त तथा विशेष दक्षता भएकाहरु निम्न छन ः सज मध्ये सुचना तथा प्रविधि ३५, सिलाइ बुनाई ५४, बुटिक ६, ब्युटी पार्लर ८, निर्माण सम्बन्धी ४९, इन्जिनियरिङ/अटोमोबाइल मेकानिक्स १६, कृषि सम्बन्धी ६ सय ९३, जन स्वास्थ्य सम्बन्धी १५, होटल सम्बन्धी १६, सवारी चालक ५७, अन्य २९ र ६ हजार ३ सय ३१ संलग्न नभएको पाइन्छ । यहाँका जनता खेतीपाती संगै आर्थिक रुपमा प्राय सबल नै देखिन्छ । यी माथीका तथ्याङक हेर्दा अन्य वडामा भन्दा
राम्रै भएको पाइन्छ ।
यस वडा भित्र पर्ने बजार मध्ये दुर्गापुरी र आम्बारी बजारलाई रहेको छ । आम्बारी बजार भने एक समयमा ऐतिहाशिक बजारको रुपपा परिचित थियो हाल सुस्ताउदै गएको अवस्था छ । शैक्षिक क्षेत्रमा उन्नति भएकै मान्न सकिन्छ यहाँ सामुदायीक विद्यालय भित्र अरनिको उच्च मावि, लक्ष्मी मावि, शान्तिक्षेत्र आधारभुत विद्यालय, बहादुर बाबा चौधरी आधारभुत विद्यालय रहेकाछन भने निजी विद्यालयहरुमा नेबुला इङ्गलिस बोर्डिङ्ग स्कूल, प्रतिभा इङ्गलिस बोर्डिङ्ग स्कूल, न्यु भिजन एकाडेमी र मेरिगोल्ड नेशनल एकाडेमी रहेको छ । स्वास्थ्य क्षेत्रमा भने जम्मा ४ वटा सामुदायीक क्लिनिकहरु रहेको छ । स्वास्थ्यको क्षेत्रमा ठिकै रहेको पाइन्छ वा लाभम्स लिएको अवस्था छ । सुद्ध खानेपानीमा भने एक्दमै कम्जोर अवस्था छ वा सुद्ध खानेपानिको अनुभुति लिन पाइएको देखिन्न प्राय ट्युबेल नै प्रयोग गरेको पाइन्छ । कृषिमा भने आकासे भर, बोरिङ, ह्याण्डपम्प र मुलको भरमा गुजरा चलाउनु परेको अवस्था छ । कृषिको लागि खे सम्म पानी पुग्ने व्यवस्था भैदिए कृषि पकट क्षेत्रको प्रवल सम्भावना देखिन्छ । शौचालयको अवस्था साधारण नै भएपनि करिव ९५ प्रतिशत राम्रै वा सुरक्षित रहेको अवस्था छ । खेल मैदान बिभिन्न स्थानहरुमा जम्मा ५ वटा रहेको छ भने एक एभरेष्ट फन पार्क रहेको छ । खेलकुदमा दक्ष
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुमा बिकास धिमाल र ललित धिमाल बडि बिल्डर, रोसनि धिमाल र नेगिता धिमाल फुटबल
रहेका छन । खेलकुदमा स्थानीय
सरोकारवालाले ध्यान पुराउन सकेमा हाम्रो क्षेत्रलाई राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउन सक्ने उत्तिकै सम्भावना देखिन्छ । बाटो र यातायातको हिसाबले सुगमै छ । बाटोको अवस्था हिउदमा भने
करिव ९० प्रतिशत राम्रै रहेको छ वर्षा याममा अलि कठिनाई झेल्नु परेको अवस्था छदैछ । बिद्युत तथा बैकल्पिक उर्जामा करिव ९५ प्रतिशतले नै लाभाम्स लिएको
पाइन्छ । खाना पकाउनेमा भने एल.पी ग्यास नै बढिमात्रामा प्रयोग गरेको पाइन्छ ।
यस वडाको बिकास तर्फ हेर्दा ठूला बाटोहरु केही ठाउँहरुमा कालोपत्रे भएको र बाटो ग्रवेल भएको अवस्था छ र केही हुन बाँकी
देखिन्छ, मठ मन्दीरको, विद्यालय, कृषि क्षेत्रको, बिजुली बत्ति, खानेपानी, स्वस्थ्य, रोजगार,
वयपार, वयवसाय, बजार हाट लगायतको स्तर उन्नती तर्फ वडा लागीरहेको अवस्था देन्छि तर केही काम हँुदैगरेको र केही ढिला सुस्ति पनि भैरहेको अवस्था छ । कारण के हो त ढिला सुस्ति हुनुमा ? कारण खोजी सम्बन्धीत निकाय र सरोकारवालाहरुलाई स्थानीय जनताले बेलाबेला खबरदारी वा घच्घच्यानु आवस्यक देखिन्छ । कृषि योग्य जमिन भएपनि नहर र कुलोको व्यबस्था छैन यस विषयलाई स्थानीय जनता लगायत सरोकारवालाहरुले ध्यान दिन आवश्यक देखिन्छ । वडा कार्यालय जनताको ठिक पहुच वा सेन्टरमा नजिक हुन आवश्यक देखिन्छ । चुनाव अगाबै वा निवार्चनताका समयमा गरिएको विकासका प्रतिबद्धता अपेक्षा अनुसार नभएपनि नगरबाट पाइएको श्रोत र साधनबाट सन्तुष्ट रहेको देखिन्छ यस वडा । तर ८ नम्बर वडा निकै ठूलो भएकोले नगरबाट छुटाइएको रकममा भने पक्कै भेदभाव भएको वा कम रकम भएको स्थानीयले महसुस गरेको पाइन्छ । स्थानीय वा राजनैतिक व्यक्तित्वहरुले साविक राजघाटलाई तीन वटा वडामा बिभाजित भए केही हद सम्म सहजता महसुस हुने व्याक्त गरेको पाइन्छ । वास्तबमै यस कुरामा सम्बन्धीत निकायले समेत चासो देखाउन आवश्यक देखिन्छ । (उर्लाबारी नगरपालिकाको सहयोगमा सञ्चार क्लब नेपालले प्रदान गरेको लेखनवृत्ति )