• एमाले संसदीय दलको बैठकमा माधव नेपाल पक्षका नेताहरुले पार्टीलाई एक बनाइराख्ने जिम्मा अध्यक्ष ओलीकै भएको बताएका छन्।

    शुक्रबार बालुवाटारमा भएको संसदीय दलको बैठकमा बैठकमा बरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल, गोकर्ण विष्ट र आफूले कुरा राखेको भट्टराईले जानकारी दिए।

    बैठकमा बोल्न आफू लगायत अन्य तीनै जनाले एमालेलाई एक बनाएर लैजान ओली नै पहल गर्नुपर्ने सुझाव दिएको भट्टराईले बताए।

    ‘देशको प्रधानमन्त्री, पार्टीको अध्यक्षको हैसियतले त्यसको पहलकदमी तपाई आफैँले गर्नुपर्छ भन्यौँ’ भट्टराईले भने,  ‘पहिलेका तीता मीठा कुरा बिर्सेर जाउँ। उत्तेजित भएर होइन संयमित ढंगले अघि बढौँ भन्ने कुरा भयो।’

     यो मुलुकले एमालेका साथै सम्पूर्ण वामपन्थीको एकता र स्थिरता खोजेकाले त्यसलाई आत्मसाथ गरेर अघि बढ्न आफूहरुले सुझाव दिएको भट्टराईले बताए।

    पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थाबाट अगाडि बढाउनु पर्ने सुझाव पनि ओलीलाई दिएको उनले जानकारी दिए।

    प्रधानमन्त्रीले आफूहरुको कुरालाई गम्भीरताका साथ लिएको र आफू छलफलका लागि सधैँ तयार रहेको बताएको भट्टराईले जानकारी दिए।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…