• काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले अहिले देशका युवायुवती प्रधानमन्त्री केपी ओलीको साथमा रहेको बताएका छन् । टिकटकमा समेत प्रधानमन्त्री ओली ट्रेन्डिङमा रहेको भन्दै उनले राजनीति नरुचाउनेले पनि ओलीलाई माया गरेको दावी गरे ।

    कञ्चनपुरमा आयोजित युवाको भेलालाई सम्वोधन गर्ने क्रममा बस्नेतले बारम्बार केपी ओलीको नाम लिएका थिए । देशका सामाजिक सञ्जालहरु ओलीमय भएको उनले बताए ।

    बस्नेतको भनाइ यस्तो थियो:

    ‘केपी ओलीसँग युवा, विद्यार्थी, महिला, दलित, मधेसी, जनजाति समुदाय लगायत सबै रहेका छन् । हिजो ‘आई हेट पोलटिक्स’ भन्ने १६–१८ वर्षका युवायुवती अहिले ‘वी लभ केपी बा’ भनेर टिकटक बनाइरहेका छन् । आजको ट्रेन्डिङ हेर्नुभयो भने नेपालको टिकटकमा राजेश हमाल, रेखा थापा र प्रियंका कार्की भेटिँदैनन्, केपी ओली, केपी ओली, केपी ओली…. मात्र भेटिन्छन् ।

    फेसबुक खोल्नुभयो भने केपी ओलीको भाषण, गतिविध, कार्यक्रम मात्र भेटिन्छ । ९० प्रतिशतभन्दा बढी सामाजिक सञ्जाल सबै केपी ओलीमय भएको छ । नेपालको प्रधानमन्त्री को हो भनेर नेपालमा मात्र होइन, भारतको कुना–कुनामा गएर सोध्नुभयो भने पनि सही जवाफ आउँछ । बरु भारतकै प्रधानमन्त्रीको नाममा कन्फ्युज होलान् नेपालको प्रधानमन्त्रीमा हुँदैनन् ।

    एक जना अफ्रिकन मुलको गायिका निकै भाइरल भएकी छन् सोसल मिडियामा । उनलाई प्रत्रकारले सोध्नुहुन्छ, नेपालको प्रधानमन्त्री को हो ? उनले स्पस्ट ढंगले भन्दिछिन्– केपी ओली इज प्राइमिनिस्टर अफ नेपाल । हि इज भेरी पपुलर इन दिस वल्र्ड । आज युगाण्डाको कलाकारलाई नेपालको प्रधानमन्त्री को हो भन्दा केपी ओली इज पपुलर प्राइमिनिस्टर अफ नेपाल भनेर जवाफ दिन्छिन् । केपी ओलीको चर्चा संसारभरि फैलिएको छ ।

    जी सेभेनको बैठकमा केपी ओलीलाई स्वीकारिन्छ । अन्तर्राष्ट्रिय मिडिया बालुवाटारमा गएर केपी ओलीको अन्तरवार्ता लिन्छन् । केपी ओलीको धेरै भाषामा कमाण्ड छ । त्यही भएर केपी ओली नेपालको राजनेता हुन् ।

    केपी ओली महेन्द्र पछाडिका विकासवादी नेता हुन् । केपी ओली भिमसेन थापा पछि ढलेको धरहरा उठाउने नेता हुन् । केपी ओली पृथ्वीनारायण शाहपछि राष्ट्रिय एकता जोगाउने मात्र हैन, लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउने नेता हुन् । केपी ओली लोकतन्त्रको सशक्त नेता हुन् ।

    मदन भण्डारी पछि जनताको बहुदलीय जनवादको सच्चा नायक हुन् । केपी ओली मनमोहन अधिकारी पछाडी ज्येष्ठ नागरिकको ध्यान दिने नेता हुन् । त्यो भएको हुनाले अबको राजनीति केपी ओलीको वरिवरी धेरै समय घुम्छ ।’

    बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई बीमाले (विभाजित माले) को नेता बन्ने अभियान छोडेर एमालेमै फर्किन आह्वान गरे । उनले ‘बाटो बिराएर’ माधव नेपालसँग गएकालाई पनि एमाले बन्ने अभियानमा जुट्न सल्लाह दिए ।

    बस्नेतले नेपाललाई ईंगित गर्दै भने, ‘२३ गतेको फैसला पछाडि त्यो बिरामी र बुढो शरीर भएको कमरेड झलनाथ खनाललाई हातमा समाएर डोर्याई–डोर्याई फलामको भर्याङ उचाल्दै पेरिसडाँडामा जानुभयो । प्रचण्डसँग छोडपत्र गरेर आँखाभरि आँसू पारेर कमरेड आन्दोलनमा सहकार्य गराैला, अब हामी एमाले हुन बाध्य भयौं भनेर हिँड्नुभयो ।’

    बस्नेतले माओवादी अध्यक्ष प्रचण्ड क्रान्तिका नायक नभएर विकृति र विसंगतिका नायक भएको आरोप लगाए । माआवादीबाट एमालेमा आएका नेताको नाम लिँदै उनले भने, ‘उहाँ नायक हैन नालायक भनेर उहाँहरु माओवादीको मुभमेन्ट छाडेर आफ्नो पदलाई दाउमा राखेर एमालेमा आउनुभयो ।’

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…