• काठमाडौं । दुई दशकभन्दा लामो समयको प्रतीक्षापछि आजदेखि मेलम्चीको पानी राजधानी काठमाडौं उपत्यकावासीको घर–घरमा वितरण सुरु गरिँदैछ ।

    मेलम्ची आयोजनाका अनुसार पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी वितरण हुनेछ । तत्कालका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)कै वितरण प्रणालीमार्फत सबै धारामा पानी पुर्‍याउन लागिएको आयोजनाले जानकारी दिएको छ ।

    आज विहान ८ बजे नै सुन्दरीजलबाट छाडिने तयारी भए पनि त्यो क्षेत्रमा विद्युत आपूर्ति नभएका कारण केहि समय धकेलिएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।

    ‘हामीले विहान ८ बजेदेखि नै पानी छोड्न लागेका थियौं । सुन्दरीजल क्षेत्रमा हिजो रातिदखि नै विजुली छैन । प्राधिकरणले ९ बजेसम्म आउँछ भनेको छ,’ निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेससँग भने, ‘११ बजेपछि सुन्दरीजलबाट पानी पठाउन सुरु गछौं, सर्वसाधारणको धारामा २ बजेपछि पानी आउन थाल्नेछ ।’

    अहिले परीक्षणका रुपमा पानी वितरण गर्न थालिए पनि आयोजनाको औपचारिक उद्घाटन भने केहि दिनपछि हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भनिए पनि मिति सार्वजनिक गरिएको छैन । उद्घाटनका लागि सुन्धारामा सार्वजनिक धारो निर्माण भइरहेको छ ।

    मेलम्ची आयोजनाको पूर्ण क्षमता १७ करोड लिटर हो । पूर्ण क्षमतामा पानी वितरण गर्न करिव २० दिन लाग्नेछ । सुरुमा पुरानो वितरण प्रणालीमाफर्त पानी दिइए पनि उपत्यकामा रहेका सबै रिजर्भ ट्यांकीहरुको परीक्षण सम्पन्न भएपछि नयाँ प्रणालीबाटै वितरण हुनेछ ।

    आयोजनाले उपत्यकाका सबै धारामा दैनिक पानी पुर्‍याउने गरी तयारी गरिरहेको बताएको छ ।

    आर्थिक वर्ष २०५५/५६ देखि मेलम्ची परियोजना सुरु भएको हो । त्यसयता विभिन्न आरोह अवरोह पार गरेको मेलम्ची आयोजना २०७७ मा मात्र पूरा हुने चरणमा पुगेको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङमार्ग हुँदै अघिल्लो महिना सुन्दरीजल झारिएको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …