• काठमाडौं । होली पर्व प्रत्येक वर्ष फागुन पूर्णिमाको दिन मनाईने एक रमाईलो पर्व हो । मानिसहरु आफ्नो काम धन्दा थाति राखेर तथा बिर्सिएर अबिर र विभिन्न रङ सँगै खुशी साटासाट गर्दछन् । तर हामीमध्ये धेरैलाई होली किन मनाईन्छ भन्नेबारेमा थाहा छैन । लोकपथले होली खेल्नुको शास्त्रीय मान्यताबारे यहाँ प्रस्तुत गरेको छ ।

    त्रेता युगमा हिरण्य कश्यप नाम गरेको एक राक्षस थियो । उसको पुत्र प्रह्लाद विष्णु भक्त थिए । प्रह्लाद हरेक दिन भगवान विष्णुको पूजा तथा आराधना गर्दथे तर यो कुरा राक्षस हिरण्य कस्यपलाई मन परेको थिएन ।

    राक्षस हिरण्य कश्यपले आफ्नो छोरालाई बारम्बार सम्झायो तथा बिभिन्न किसिमको यातना पनि दियो तर प्रह्लादलाई भगवान विष्णुको कृपाले गर्दा केहि हुँदैन थियो ।

    भगवान विष्णुको नाम लिन तथा पूजा आराधना गर्न नछोडेपछि हिरण्य कश्यपले प्रह्लाद मार्नको निम्ती आफ्नी बहिनी होलीका लाई नियुक्ति गर्यो ।

    होलीकालाई आगोले नजल्ने वरदान प्राप्त थियो । होलीकाले आफ्नो दाजु राक्षसको प्रह्लाद मार्ने ईच्छा पुरा गर्न प्रह्लादलाई लिएर आगोमा पसिन् । त्यहाँ दैवी चमत्कार भयो विष्णु भक्त प्रह्लादलाई केहि भएन उनी सकुसल भए तर होलीका आगोले जलेर भस्म भईन् ।

    फागुन पूर्णिमा भन्दा एक दिन अगाडि अर्थात् हिजो राति होलीका दहन गर्ने परम्परा रहेको छ । होलीका दहन गरिसकेपछि आज पानिमा रङ घोलेर एक अर्कालाई फाल्ने गरिन्छ ।

    हिरण्य कश्यपकी बहिनी होलिका दहन भई प्रह्लाद सुरक्षित भएकोमा खुसी भई ठूलो उत्सव गरियो । अविर जात्रा भयो, त्यहि समयबाट नै होली पर्वको शुरुवात हुन पुग्यो ।

    सत्यको पक्ष पोषक भक्त प्रह्लाद सकुशल रहेर असत्यको प्रतिक होलीका नाश भएको उत्सवमा भक्त प्रह्लादलाई सगुन खुवाएर, सिन्दुर,अविर दलेर, दूवो फूल छर्किएर महोत्सव मनाइयो ।

    त्यसै बेलादेखि यो उत्सव प्रत्यक वर्ष आजकै दिन मनाइदै आएको पाइन्छ । नेपालमा पनि हिमाली तथा पहाडी ईलाकामा आज र तराईमा भोलि होली खेल्ने चलन रहि आएको छ ।

    ज्यो दुर्गा भण्डारी।

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …