उर्लाबारी । मुलुकमा फेरी पनि कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएकाले सबैको घरपरिवारमा मात्रै होली पर्व मनाउन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले अनुरोध गर्नुभएको छ ।
उहाँले होली पर्वको अवसरमा नगरबासीहरुमा शुभकामना व्यक्त गर्दै सो आग्रह गर्नुभएको हो । कोरोनाको जोखिम बढेकाले सुरक्षित रुपमा होली मनाउन उहाँले नगरबासीमा अपिल गर्नुभएको छ ।
होली धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्दै मेयर फागोले होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।