• अर्जुन जम्नेली राई

    मोरङ । नयाँ बर्षको अवसर पारेर मोरङको केराबारी गाउँपालिका २, सिंहदेवि स्थित जेफालेमा सहित्य, सांगीतिक कार्यक्रमको साथै प्रथम प्रदेश नम्बर १ को नगर स्तरीय खुल्ला पुरुष बलिबल प्रतियोगिता हुने भएको छ । 

    जेफाले डाँडा पर्यटकीय क्षेत्रको रुपमा बिकास हुँदै आएको छ । पर्यटकीय क्षेत्रको साथै साहित्य, खेलकुद बिकास र सांगीतिक मनोरञ्जन प्रदान गर्ने उदेश्यले पाँच दिने मेला लगाउन लागेको आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । 

    बैशाख १ गते राष्ट्रिय स्तरका ५ जना कबि र केही जगलहरु प्रस्तुत हुने, ३ गतेदेखि बलिबल प्रतियोगिता र सोही साँझ सांगीतिक कार्यक्रम हुने आयोजक जेफाले खेलकुद बिकास समितिका अध्यक्ष देबिलाल लिम्बूले बताए । 

    भलिबल खेल्न झापाको बिर्तामोड, दमक, मोरङको बेलबारी, सुनसरीको इटहरी, झुम्का, इनरुवा, संखुवासभाको खाँदबारी, भोजपुरको षडानन्द नगरपालिकादेखि टिमहरु सहभागि हुने अध्यक्ष लिम्बूले बताए । भलिबलमा प्रथम, दोस्रो हुने टिमलाई क्रमस ७५ र ५५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र, तेस्रो हुने लाई सान्वना स्वरुप १० हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ । साहित्य, सांगीतिक र खेलकुदमा सात लाख अनुमानित लागत लाग्ने अध्यक्ष लिम्बूले बताए । 

    पत्रकार सम्मेलनमा केराबारी गाउँपालिका अध्यक्ष रोहितकुमार कार्की, उपाध्यक्ष शान्ति भुजेल, जेफाले पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष डिल्लिराम अधिकारी लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष, उपाध्यक्षले पालिकामा खेलकुद, पर्यटन र साहित्य क्षेत्र विकास गर्ने उदेश्यले आयोजित कार्यक्रमलाई सहयोग हुने प्रतिबद्धता ब्यक्त गरेका छन् । 

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…