• पथरी÷मोरङको कानेपोखरी गाउँ पालिकाको प्रथम गाउँसभा बिहीबार ५२ बुँदे नीति तथा कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ ।  गाउँ सभाले गाउँपालिकाको २ नं.वडामा कानेपोखरी आवास कार्यक्रम सञ्चालन गरी विपन्न सुकुम्वासी परिवारलाई बसोवासको ब्यवस्था गराउने महत्वकांक्षी कार्यक्रम पारित गरेको छ । यस्तै गाउँका कक्षा १ मुनिका बाल बालिकालाई खाजा र पोशाक वितरण गर्ने, बालबालिकाको लागि बाल उद्यान निर्माण गर्ने ,विदेश पलायन रोक्न युवालाई सीपमुलक तालिम दिने जस्ता योजना नीति तथा कार्यक्रम समेटिएका छन् ।

    कृषकको तरकारी तथा फलफुल भण्डारणका शीत भण्डारको स्थापना, रंगशाला निर्माण लगायतका महत्वकांक्षी योजनाहरू नीति तथा कार्यक्रममा राखिएको छ ।  कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथि समेत रहेका  जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशकुमार पोख्रेलले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न  स्थानीय सरकारले राजनीति भन्दा माथि उठेर काम गर्नु पर्नेमा जोड दिए । मोरङका स्थानीय विकास अधिकारी शोभाकर रेग्मीले योजनाहरू वितरणमुखी नभई परिणाममुखी बनाउनु पर्ने बताउँदै आफ्नो भावना अनुसार भन्दा मतदाताको भावना अनुसार काम गर्न आग्रह गरे ।

     

    उनले विकास भौतिक मात्र नहुने प्रष्टपार्दै  मानव संसाधनको विकासमा नीति तथा कार्यक्रम मौन रहेको संकेत गरेका थिए ।     गाउँपालिका प्रमुख ताराबहादुर काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका हेमनारायण चौधरी, एमालेका भोलाप्रसाद अधिकारी,एमाओवादी केन्द्रका अभिनाश मण्डल र संघीय लिम्बुवान पार्टीका विबेक लिम्बूले शुभकामना ब्यक्त गरेका थिए ।  स्थानीय रमाइलो बचत तथा ऋण सहकारी संस्था लि को सभाहलमा भएको कार्यक्रममा नीति तथा कार्यक्रम उपाध्यक्ष राजमति इङ्नामले प्रस्तुत गरेकी थिइन ।।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…