• जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका सात दलित वालिका–किशोरी बेपत्ता भएका छन् । मंगलबार विहान घाँस काट्न एकसाथ खेततिर गएका ५ वालिका र २ किशोरी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

    भंगहाका नगरपालिका प्रमुख सन्जीव साहका अनुसार ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएका छन् ।

    उनीहरु हिजो बिहान करिव ११ बजेदेखि घाँस काट्न गाउँ नजिकै खेततिर गएका थिए । अहिलेसम्म नफर्किएको र हिजो साँझदेखि नै स्थानीय प्रतिनिधिसहितको टोली खोजी कार्यमा लागेको मेयर साहले बताए ।

    ‘एकाएक वेपत्ताको खवर फैलिएपछि धरमपुरमा हलचल मच्चिएको छ । हिजैदेखि सबै मिलेर खोजिरहेका छौं, रातभर सुतेका छैनौं,’ साहले भने ।

    महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी आएलगत्तै उनीहरुलाई खोज्न प्रहरी परिचालन गरिएको बताए । उनले एकैपटक सात बालिका-किशोरी सम्पर्कबिहीन हुनु गम्भीर भएको जनाए । उनी आफैं घटनास्थल जाँदैछन् । 
     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…