उर्लावारी -३ मङ्लवारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कल्चर सेवा थप गरिएको छ ।
अत्याधुनिक प्रविधिको कल्चर मेसिनबाट पिसावमा सङ्क्रमित बिरामीहरुको पिसाव परिक्षण गरि प्रत्यक्ष जिवाणु देख्न सकिनेछ र एन्टिवायोटिक सेन्सेटिभ चेक गरि यसबाट सङ्क्रमित विरामीहरुको डायोग्नोसिसमा सहयोग पुग्ने अस्पतालका नि.मेडिकल सुपरिटेन्डेण्ट डा. योगेश मण्डलले बताएका छन् ।
हाल अस्पतालको ल्यावमा दैनिक रुपमा सेमी अटोमेटिक एनालाईजर मेसिन बाट सेवा दिईरहेको र आगामी आर्थिक वर्षबाट फूल अटोमेटिक मेसिनबाट सेवा दिने तयारी गरिरहेको छ । आगामी आर्थिक वर्षबाट दैनिक रुपमा थाईराईडको पनि चेकजाँच गरिने डा. योगेश मण्डलले बताएका छन् ।
यसका साथै हाल अस्पतालले जेन्यु एक्सपर्ट मेसिनबाट टिवि को चेकजाँच गरि आवश्यक औषधीको मात्रा समेत परिक्षण गरि सेवा प्रदान गरिरहेको छ ।
विहान ७ बजेदेखि साझ ७ बजेसम्म दैनिक रुपमा सेवा प्रदान गरिरहेको अस्पतालको ल्यावलाई अब कहि दिनबाट नै २४ औँ घण्टा संचालनमा ल्याईने डा. योगेश मण्डलले बताएका छन् ।