• काठमाडौं । ‘म एमाले भइसकेँ, माओवादी केन्द्रलाई किन स्पष्टिकरण दिनु ?’ – प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले प्रतिप्रश्न गरेका छन् ।

    पार्टीलाई स्पष्टिकरण दिनुभयो कि भएन ? भन्ने प्रश्नमा प्रतिप्रश्न गर्दै आङ्बुहाङले भने– ‘म एमाले भइसकेँ, अब माओवादी केन्द्रलाई स्पष्टिकरण दिन आवश्यक नै छैन ।’

    सर्वोच्चको फागुन २३ को फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । आङ्बुहाङले माओवादी केन्द्र छाडेर एमालेमै बस्ने घोषणा गरिसकेका छन् । उनी एमाले भइसकेका छन् । यही विषयमा माओवादीले उनलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन मंगलबार निर्देशन दिएको थियो ।

    आङ्बुहाङले स्पष्टिकरण पत्रमा के थियो भनेर एकपटक नपढेको समेत बताए। स्पष्टिकरण सोध्नु स्वभाविक प्रक्रिया भएको भन्दै उनले एमालेमै प्रवेश गर्नु नै स्पष्टिकरणको जवाफ भएको समेत बताए।

    माओवादी केन्द्रले कारबाही गरेर आफूलाई केही फरक नपर्ने बताउँदै उनले प्रश्न गरे– ‘एमाले भएर जिम्मेवारी लिइसकेपछि स्पष्टिकरण दिनुको अर्थ छ र ? लिखित रुपमा जवाफ दिन आवश्यक छैन, त्यसैले मैले जवाफ दिन्नँ ।’ 

    जवाफ पठाउनुको कुनै अर्थ नभएको बताउँदै आङ्बुहाङले भने– ‘उहाँहरुले विधानको औपचारिकता निभाउनु भएको हो, त्यसैले जे गर्न मन छ त्यही गर्नुहुन्छ ।’ (आईएनए न्युज)

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…