• उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने काम भएको छ ।
    सामाजिक सञ्जाल फेशबुकमा फेक एकाउण्ड बनाएर मेयर फागोको चरित्र हत्या गर्ने गरेको पाइएको हो । रत्न गुरुङ नामको फेशबुकमा उर्लाबारीका मेयरलाई कालोमोसो र जुत्ताको माला लगाउने कार्यक्रम रहेको हुँदा उपस्थितिका लागि भनेर पोष्ट गरिएको छ । यो मात्र होइन पछिल्लो समय मेयर फागोमाथी निरन्तर सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने काम भइरहेको छ । रिपलगायत अनेकौं कमेन्टहरु मेयर फागोप्रति प्रहार भइरहेका छन् । यता यस विषयमा तरुण दल नेपाल उर्लाबारीले नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर फागो चरित्र हत्या गर्नेलाई कानुनी कार्वाहीको माग गरेको छ ।

    यस्तो छ तरुण दल उर्लाबारीको धारणा
    बिगत केही समयदेखि नेपाली कांग्रेस,मोरङ क्षेत्र नं १ का जुझारू, नेपाली कांग्रेसका खम्बा, युवाहरुका ढुकढुकी आदरणिय क्षेत्रीय सभापति एवम् उर्लाबारी न.पाका, अभिभावक, नगर प्रमुख श्री खड्ग बहादुर फागो ज्यु माथी सामाजिक सन्जालमा फेक आइडी बनाई अतिरन्जित समाचार, तल्लोस्तरको गालीगलौज आदि स्टाटस लेख्ने अनि लेख्न लगाउने सिखन्डिहरुको उत्ताउलो कुकृत्य प्रति नेपाल तरुण दल उर्लाबारी नगर समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।
    उक्त सिखन्डीहरुको पहिचान भैसकेको हुँदा चाडै नै मुकुन्डो उतारी निस्तेज गरिने छ । यदि गर्दा पनि आफ्नो घटिया व्यवहार नसुधारेमा उर्लाबारी तरुण दल जस्तो सुकै कदम उठाउन बाध्य हुने चेतवानी दिन चाहन्छौ ।
    नेपाल तरुण दल, उर्लाबारी नगर समिति ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…