• अर्जुन जम्नेली राई

    मोरङ । रेफ्रिलाई कुटपिट गरी घाइते बनाउने टिमका कोचसहित सात जना खेलाडिलाई अखिल नेपाल फुटबल संघ (एन्फा) मोरङले नेपाल भर खेल्न प्रतिबन्द लगाउने निर्णयसँगै मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी नगर स्तरीय फुटबल प्रतियोगिता भोली (सुक्रबार)देखि पुन सञ्चालन हुने भएको छ । 

    गत सोमबारको खेल सकिने साथ सहायक रेफ्रि जमुना मगरलाई पथरीशनिश्चरे –१० का खेलाडिहरुले आक्रमक शैलीमा गालि सुरु गरेपछि दर्शकले कुटपित गरि घाइते बनाएका थिए । सोही कारण तीन दिन खेल रोकिएको थियो । 

    आज (बिहिबार) एन्फा मोरङले १० नम्बर वडाबाट खेल्ने चार जनालाई २–२, दुई जनालाई एब कर्षको दरले र कोचलाई डेढ बर्ष देशभर खेल्न तथा कोच गर्न प्रन्तिबन्द लगाउने निर्णय भएको हो । एन्फा जिल्ला अध्यक्ष दिपेन्द्र धिमालद्वारा प्रेसित पत्रमा खेलाडि राज तामाङ, सनम मुडियारी, सोनाम कार्की, पुष्कर राईलाई दुई बर्षको दरले, सनम तामाङ, आकाश धिमाललाई एक बर्ष देशै भर खेल्न नपाउने गरी कारबाही भएको छ । त्यसैगरी कोच साजन काङबाङ लिम्बूलाई डेढ बर्ष प्रतिबन्द लगाइएको छ । 

    एन्फा मोरङले रेफ्रि जमुना मगरलाई कुटपिट गर्ने दुई जना दर्शकलाई अभद्र ब्यबहारमा मुद्धा चलाउने र रेफ्रिलाई सुरक्षा दिन नसकेकोमा आयोजक भुटानी शरणार्थी शिविर शनिश्चरे खेलकुद समितिलाई ११ हजार नगद जरिवाना गरेको छ । आयोजकले बिहिबारै नगद जरिवाना तिरेपछि भोली सुक्रबारबाट खेल सुरु हुने आयोजक समितिका कुमार कृष्ण राईले बताए । रेफ्रि कुटपिटमा संलग्न भएको आरोपमा पथरीशनिश्चरे १० का कर्ण माझीलाई इलाका प्रहरी कार्यालय पथरीले मुद्धा चलाएको छ । 

    भोलीको पहिलो सेमि फाइनल खेल वडा नम्बर ३ र ९ वीच हुनेछ । त्यसैगरी पर्सि वडा नम्बर ८ र भुटानी शरणार्थी शिवर बेलडागी झापावीच सेमि फाइनल खेलहुने आयोजक समितिले जनाएको छ । 

    गएको सोमबार भुटानी शरणार्थी शिविर बेलडागी झापाको ए टिम र मोरङको पथरीशनिश्चरे नगर पालिका–१० नम्बर वडाको खेलमा १० नम्बर वडालाई १–२ गोल अन्तरले पराजित गरेको थियो । 
    खेल सकिना साथ दर्शक मैदान छिरेर रेफ्रि जमुना मगरमाथि कुटपिट गरेका थिए । रेफ्रिले आफ्नो टिमलाई लिएको अपसाइड र विपक्ष टिमको हेण्ड बल नलिएको भन्दै १० नम्बरका खेलाडि र दर्शकले असहमति जनाएका थिए । सोही निहुँमा रेफ्रि जमुना मगरको दाहिने कानको पछाडि भागमा रगत बग्ने गरी कुटपिट गरेका थिए । 

    पथरीशनिश्चरेमा केही महिना अघि मात्र भएको नगर स्तरीय लिग फुटबल प्रतियोगितामा १० नम्बर वडाका खेलाडिको बाहुल्य रहेको टेन नवोदाय विजयी भएको थियो । सोही टिमको कोच हाल कारबाहीमा परेका साजन काङबाङ लिम्बू रहेका थिए । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…