• मोरङ । लक्षित वर्गले औषधि नखाइदिदा हात्ति पाइले रोगको जोखिम नघटेको भन्दै स्थानीय तहका सरकार प्रमुखहरुले ढुक्क भएर सेवन गर्न अनुरोध गरेका छन् । 


    आज(सुक्रबार)देखि देश भर हात्ति पाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको छ । पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले औषधि सेवन गर्दै ढुक्क भएर सेवन गर्न नगरबासीलाई आग्रह गरेका छन् । 

          गत वर्ष ५७ हजार ६ सय ३६ जनालाई औषधि सेवन गराएर लक्ष्यको ९१ प्रतिशत सफलता हासिल गरेको पथरीशनिश्चरे नगरको दावि रहेको छ । औषधि सेवन गर्न नहुने समूह छुट्याएर यस वर्ष ६१ हजार ७ सय ३६ जनालाई औषधि सेवनको लक्ष्य बनाइए पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

    त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिकाले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरीे हात्ति पाइले रोगको औषधि सेवन गर्न अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले ढुक्क भएर औषधि सेवन पालिकाबासीलाई अनुरोध गरेका हुन् । कानेपोखरीमा गत बर्ष ७५ प्रतिशत औषधि सेवन गराएको स्वास्थ्य कर्मीले जानकारी दिए । यस बर्ष ३१ हजार २ सय जनालाई औषधि सेवन गर्ने लक्ष्य लिएको जनाइएको छ ।

           आज चैत २० देखि २७ गतेसम्म स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविकाले घर घरमा पुगेर औषधि सेवन गराउने कार्यक्रम रहेको छ । गर्भवती, ७ दिनसम्मको सुत्केरी, जटिल रोगी र ओछ्यान परेका विरामी, २४ घण्टाभित्र ज्वरो आएका व्यक्ति, २ वर्ष मुनीका बालबालिकाले बाहेक अन्य सवैले औषधि सेवन गर्न हुने जनाइएको छ ।

    लक्षित वर्गले औषधि सेवन नगर्दा नेपालमा साढे दुइ करोड हात्ति पाइले रोग पीडितहरु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । लामखुट्टेको टोकाइबाट सर्ने उक्त रोगबाट ३० हजार बढी हाइड्रोशिल लगायतको विरामी रहेको तथ्याङ्क रहेको छ । 
     

सम्वन्धित समाचार

चितवन, १६ जेठ : कुनै बेला घनाजङ्गल, न्यून मानव बस्तीबीच औलोको महामारी हुने चितवन पछिल्लो समय ‘हेल्…

 नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँप…

म्याग्दीको बेनी अस्पतालले फिजियोथेरापी सेवा सुरु गरेको छ ।  जिल्लाकै सरकारी अस्पतालमा पहिलो पटक फिज…

आयुर्वेद चिकित्सा विज्ञानका विज्ञ प्रा डा चन्द्रराज सापकोटाले नेपालमा आयुर्वेद क्षेत्रको विकासका लागि आयुर्वेद…