• उर्लाबारी / मोरङको उर्लाबारी ७ मा एक १२ वर्षिया बालिका बलात्कृत भएकी छिन । बालिका उर्लाबारीको एक घरमा चैत १६ गते रातको १० वजेको समयमा बलात्कारमा परेको बताइएको छ ।

    तेह्रथुम जिल्ला मेन्छायम गाउपालिका स्थायी ठेगाना भई हाल सुन्दरहरैचा नगरपालिका वडा नम्वर ५ बासवारीमा वस्ने वर्ष २५ का गोविन्द हिङमाङले उनिमाथी बलात्कार गरेको आरोप लागेको छ ।
    फेसबुकबाट चिनजान भएर साथी बनेका उनिहरु उर्लाबारी ७ स्थित खरी माया श्रेष्ठको घरमा भेट भएको र सोही समयमा बालिका माथी बलात्कार भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवले बताएका छन् ।

    बालिका बलात्कार गर्ने हिङमाङलाई पक्राउ गरि जवरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अवश्यक कानुनी कार्वाही थालिएको प्रहरीले जनाएको छ ।
    बालिका बलात्कारको जाहेरी बालिकाका बुबाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा दिएका हुन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…