• काठमाडौं । वर्तमान सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरेको नेपाली कांग्रेसलाई अरु विपक्षी दलका नेताले उचाल्न थालेको छन् । यता कांग्रेस आफैं भने आन्तरिक द्वन्दमा फसेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीका विरुध्द कडा कदम चालिहाल्ने अवस्थामा नरहेको बताईन्छ भने नेता रामचन्द्र पौडेल समूह प्रतिनिधिसभा बिघटन देखि नै सरकारसँग रुष्ट रहँदै आएको छ । कांग्रेसको घरभित्रको विवाद साम्य नभै शुक्रबार साँझ उसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय भने गरेको छ ।

    सर्बोच्च अदालतले पुनरवलोकनको निवेदन अस्वीकार गरिदिएपछि रन्थनिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगत्तै कांग्रेस सभापति देउवासँग बूढानिलकण्ठमा भेटेका थिए । दुइ दलका नेतावीच ओलीलाई विस्थापित गर्ने उदेश्यका लागि सहकार्यको रणनीतिक योजनाबारे छलफल भएको थियो । प्रचण्डले प्रतिनिधिसभा फेरि पनि बिघटन गर्ने दाउमा प्रधानमन्त्री ओली रहेकाले यो रोक्न सहकार्य आवश्यक भएको भनेर देउवालाई सम्झाएको बुझिएको छ । 

    प्रचण्डसँगको छलफल र मधेशवादी दलका नेताहरुसँगको साझेदारीबारे परामर्शपछि सभापति देउवाले पार्टीको कार्यसमिति बैठक राखेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने भनी निर्णय नै गराईसकेका छन् ।

    बाबुरामको तर्क

    यता जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि कांग्रेसको नयाँ निर्णयको प्रशंषा गरेका छन् । उनले कांग्रेसले प्रमुख प्रतिपक्षको धर्म निर्वाह गर्ने संकेत मिलेको भन्दै प्रधानमन्त्री ओली विरुध्द संगठित भएर अघि बढ्न उक्साएका पनि छन् । उनको कडा टिप्पणी छ–‘आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !’

    केहीबेर अघि ट्वीट गर्दै भट्टराईले लेखेका छन्– ‘अन्ततःप्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ।अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं । आआफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश,जनता र लोकतन्त्रको आवस्यकता÷प्रथमिकता हुन्छ । आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !’
     

सम्वन्धित समाचार

मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुला…

मोरङ । प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आइतबार .(मंसिर २) ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी न…

मोरङ । प्रदेशको नाम कोशी खारेजी सम्बन्धि भोली (मंसिर २ं) विराटनगरमा हुने विरोध कार्यक्रममा पूर्ब उर्जा मन्त्…

मोरङ । स्थानीय समुदायको विरोधको बाबजुद ताप्लेजुङको मुकुमलुङ .(पाथीभारा)मा केवलकार बनाउन जवरजस्ति भइरहे…