• लेटाङ ।  नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको साहयक संगठन  YCL  लेटाङमा पुन: ब्युझिएको छ । 

     

    नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको  लेटाङ नगर कमिटिको  आयोजनामा भएको  बृहत भेलाद्वारा उर्गेन योञ्जन 
    तामाङको अध्यक्षतामा  ३७ जना सदस्य रहने गरि योङ्ग कम्युनिस्ट लिग नेपालको कमिटि गठन भएको हो । 

     भेलाबाट   कल्पना लिम्बु ईन्चार्ज र सान्ता  राई अध्यक्ष्य रहने गरि २१ सदस्य महिला कमिटि गठन पनि गरेको छ ।  
     
    पछिलो राजनीतिक घटना क्रम संगै पुर्वत अवस्थामा पुगेको नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रले संगठन बिस्तार 
    तथा पुर्व कार्यकर्ता भेटघाट गर्ने क्रम तिब्र बनाएको हो ।   

     

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय कमिटि सदस्य गोपी आछामि प्रमुख अतिथि रहेको थियो भने
    प्रदेश कमिटि सदस्य मोरंङ जिल्ला कमिटि सचिव गणेश उप्रेती { क शुसिल }  को बिसेष उपस्थितिमा जिल्ला सदस्य 
    डिल्लीमान तामांङ, हस्त राई , मौसम लिम्बु ,भुपेस लिम्बु लगायतका सहभागी थिए । 

    नेकपा माओवादी केन्द्रको लेटांङ नगर कमिटि सचिवालय सदस्य गोपाल नेपालिको संचालनमा औपचारी सुरु भएको 
    भेला कार्यक्रमलाई नेकपा माओवादी केन्द्र मोरंङ  जिल्ला सचिवालय सदस्य तथा  नगर कमिटि अध्यक्ष कृष्ण लम्साल
     { क अनन्तको } अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…