लेटाङ । नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको साहयक संगठन YCL लेटाङमा पुन: ब्युझिएको छ ।
नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको लेटाङ नगर कमिटिको आयोजनामा भएको बृहत भेलाद्वारा उर्गेन योञ्जन
तामाङको अध्यक्षतामा ३७ जना सदस्य रहने गरि योङ्ग कम्युनिस्ट लिग नेपालको कमिटि गठन भएको हो ।
भेलाबाट कल्पना लिम्बु ईन्चार्ज र सान्ता राई अध्यक्ष्य रहने गरि २१ सदस्य महिला कमिटि गठन पनि गरेको छ ।
पछिलो राजनीतिक घटना क्रम संगै पुर्वत अवस्थामा पुगेको नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रले संगठन बिस्तार
तथा पुर्व कार्यकर्ता भेटघाट गर्ने क्रम तिब्र बनाएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय कमिटि सदस्य गोपी आछामि प्रमुख अतिथि रहेको थियो भने
प्रदेश कमिटि सदस्य मोरंङ जिल्ला कमिटि सचिव गणेश उप्रेती { क शुसिल } को बिसेष उपस्थितिमा जिल्ला सदस्य
डिल्लीमान तामांङ, हस्त राई , मौसम लिम्बु ,भुपेस लिम्बु लगायतका सहभागी थिए ।
नेकपा माओवादी केन्द्रको लेटांङ नगर कमिटि सचिवालय सदस्य गोपाल नेपालिको संचालनमा औपचारी सुरु भएको
भेला कार्यक्रमलाई नेकपा माओवादी केन्द्र मोरंङ जिल्ला सचिवालय सदस्य तथा नगर कमिटि अध्यक्ष कृष्ण लम्साल
{ क अनन्तको } अध्यक्षतामा सम्पन्न भएको थियो ।