• मोरङ । मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा आयोजित प्रथम नगर स्तरीय फुटबल प्रतियोगिता–२०७७ को आज फाइनल खेल हुँदैछ ।  

    हिजो भएको अन्तिम सेमि फाइनल खेलमा टाइब्रेकरमा भुटानी शरणार्थी शिविर बेलडाँगी झापालाई पाराजित गर्दै वडा नम्बर ८ फाइनलमा प्रवेश ग¥यो । खेल अवधिमा झापा बेलडाँगि शरणार्थी शिविरको तर्फबाट अन्जान गुरुङ र ८ नम्बर वडाका खेलाडि सुरज राउतले गोल गर्दै एक बराबरीमा समय सकिएको थियो । 

    टाइब्रेकरमा पथरी शनिश्चरे ८ मोरङले बेलगाडि झापालाई ५–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पथरीशनिश्चरे ८ का लागि एली लिम्बू, सौरज राउत, महेन्द्र मगर, समिर याक्खा र तिर्थराज बस्नेतले गोल गरेका थिए । 

    बेलडागि झापाको तर्फबाट अभिशेक राई, श्याम प्रधान र राउल लिम्बूले गोल गरेपनि अन्जन गुरुङले प्रहार गरेको गोल पोष्ट बाहिरिएपछि पराजित स्वीकार्नु परेको थियो । खेलको म्यान आफ द म्याच खेल विजेता ८ नम्बर वडाका खेलाडि सौरज राउत घोषित भए ।  उनलाई कार्यक्रमको प्रमुख अतिथि समाजसेवी प्रदिपकुमार राईको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।  उपाधिको लागि पथरीशनिश्चरे ३ र ८ वीच आज अपरान्ह प्रतिष्पर्धा हुदैछ । 


     

सम्वन्धित समाचार

काठमाडौ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट वि…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालत…

काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज (आइतबार) बिहान ११ बजे संसद भवन नया…