• आर्सनललाई उसैको घरेलु मैदानमा हराउँदे लिभरपुलले प्रिमियर लिगको शीर्ष चारमा रहने सम्भावना कायम राखेको छ । आर्सनललाई ३–० ले हराउँदै लिभरपुल चौथो स्थानमा रहेको चेल्सीभन्दा मात्र २ अंकले पछि रहेको छ ।

    खेलमा आर्सलनमाथि पुरै दबाब बनाएको लिभरपुलले पहिलो गोलका लागि भने ६४ औँ  मिनेटसम्म पर्खनु परेको थियो । डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए भने मोहमद शलाहले चार मिनेटपछि अग्रता दोब्बर बनाए । जोटाले ८२ औँ मिनेटमा अर्को गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे ।

    ३० खेलपछि पाँचौ स्थानमा रहेको लिभरपुलको ४९ अंक रहेको छ भने आर्सनल ३५ अंकसहित नवौँ स्थानमा सिमित छ 


    शनिबार नै भएको खेलमा चौथो स्थानमा रहेको चेल्सी वेस्ट ब्रोमिच आल्बियोनसँग आफ्नै घरेलु मैदानमा २–५ गोलले स्तब्ध बन्यो । खेलको २७ औँ मिनेटमा क्रिस्टिन पुलिसिचको गोलको मद्दतले अग्रता लिएको चेल्सीले दुई मिनेट पछि दोस्रो पहेँलो कार्ड खाएका थियागो सिल्भालाई गुमायो । त्यसपछि भने वेस्ट ब्रोमले चेल्सीमाथि गोलको वर्षा गर्यो ।

    माथेयस परेराले पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्दै वेस्ट ब्रोमलाई अग्रता दिलाए । क्यालम रोबिनसनले खेलको ६३ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । मबाय डियाग्नेले खेलको ६८ औँ मिनेटमा गोल गर्दै स्थिति ४–१ मा पुर्याए ।

    मेसन माउन्टले ७१ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे पनि रोबिनसनले इन्जुरी समयमा गोल गर्दै वेस्ट ब्रोमको जीत सुनिश्चित गरे ।

    नयाँ प्रशिक्षक थोमस टुकलको नेतृत्वमा यसअघि चेल्सी १४ खेलमा अपराजित रहेको थियो । ३० खेलपछि चेल्सीको ५१ अंक रहेको छ ।

     

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …