• प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंक गणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् ।


    माओवादी केन्द्रले आइतबार संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको चिठी दर्ता गर्ने संकेत पाएपछि प्रधानमन्त्री ओलीले मध्यावधि निर्वाचनको संकेत गरेका हुन् । यसैक्रममा प्रधानमन्त्री ओलीले शनिबार आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए राजीनामा दिने बताएका छन् ।


    प्रधानमन्त्रीको यस्तो भनाइपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आइतबार दर्ता गर्ने तयारी गरेको छ । ‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हो तर उहाँको भर छैन,’ समर्थन फिर्ता लिने संकेत गर्दै माओवादी स्थायी कमिटी सदस्य पम्फा भुसालले भनिन् ।

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई हटाउन माओवादी केन्द्रलाई साथ दिने र नयाँ सरकार बनाउन अग्रसरता लिने जनाएपछि ओली निकै आक्रोशित बनेका छन् ।

    आजको नागरिक दैनिकमा समाचार छ ।

     

सम्वन्धित समाचार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…

अर्जुन जम्नेली राई मोरङ । प्रधानमन्त्री केपि शर्मा ओलि र राष्ट्रपति बिद्यादेबि भण्डारीले संसद विघटन गरेको बि…