• काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार अबेर गरिएको मन्त्रिपरिषद् विस्तारमा ८ जना मन्त्री थपिएका छन् भने एकजना राज्यमन्त्री। यस्तै एक मन्त्री र एक राज्यमन्त्रीको पद गएको छ। खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतिलाल दुगडको पद गएको हो।

    नयाँ मन्त्री हुनेहरु सबैले शुक्रबार साँझ नै शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका छन्।

    शुक्रबार नयाँ थपिएका मन्त्री र जिम्मेवारी यसप्रकार छः

    १ टोपबहादुर रायमाझी – ऊर्जा

    २ प्रभु साह – शहरी विकास

    ३ गौरीशंकर चौधरी – श्रम रोजगार तथा सामाजिक सुरक्षा तथा

    ४ गणेश ठगुन्ना – सामान्य प्रशासन

    ५ मणि थापा – खानेपानी

    ६ दाबा लामा – युवा तथा खेलकूद

    ७ प्रेम आले – वन तथा वातावरण

    ८ जुली महतो – महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण

    ९ विमला विश्वकर्मा – उद्योग राज्यमन्त्री

    जिम्मेवारी हेरफेरमा परेका मन्त्रीहरु यसप्रकार छन्ः

    १ हृदयेश त्रिपाठी – सामान्य प्रशासनबाट स्वास्थ्य

    २ कृष्णगोपाल श्रेष्ठ – शहरी विकासबाट शिक्षा

    ३ भानुभक्त ढकाल – स्वास्थ्यबाट पर्यटन

    ४ पदमा अर्याल –भूमि व्यवस्थाबाट कृषि

    ५ शिवमाया तुम्बाहाङफे – कानूनबाट भूमि सुधार

    ६ लिलानाथ श्रेष्ठ – महिला, बालबालिकाबाट कानून।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…

अर्जुन जम्नेली राई मोरङ । प्रधानमन्त्री केपि शर्मा ओलि र राष्ट्रपति बिद्यादेबि भण्डारीले संसद विघटन गरेको बि…