• काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले काठमाडौंमा पनि समानान्तर जिल्ला कमिटी बनाएको छ । आइतबार बुद्धनगर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा समानान्तर कमिटी घोषणा गरिएको हो ।

    नेपाल र खनालसमेतको उपस्थितिमा वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरिएको हो । मानन्धर बागमती प्रदेशसभाका सदस्य हुन् ।

    एमाले ब्युँतिएपछि अध्यक्ष केपी शर्मा ओलीले नेपाल-खनाल पक्षका नेताहरुलाई कारबाही गर्न थालेपछि उनीहरुले विभिन्‍न जिल्ला तथा भ्रातृ संगठनका कमिटीमा समानान्तर कमिटी घोषणा गर्दै आएका छन् ।

    यी हुन् खनाल–नेपाल समूहको काठमाडौं जिल्ला नेतृत्व (सूचीसहित)

    नेकपा एमालेको खनाल–नेपाल समूहले समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ । आज २२५ सदस्यीय काठमाडौं जिल्ला कमिटी घोषणा गरिएको छ ।

    खनाल–नेपाल समूहले काठमाडौं जिल्ला अध्यक्षमा वसन्त मानन्धर, उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा एलपी श्रेष्ठलाई चयन गरेको छ ।

    बुद्धनगर पार्टी प्यालेसमा भेला आयोजना गर्दै कमिटी घोषणा गरिएको हो ।

    प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले निषेध गरेपछि खनाल–नेपाल समूहले समानान्तर गतिविधि गरिरहेको छ ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…