• रोल्पा । प्राकृतिक स्रोत व्यवस्थापन कलेज माडीचौरमा अध्ययनरत अखिल क्रान्तिकारीका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुलाई ज्यान मार्ने धम्की दिएका छन् ।

    माओवादीकै कारण माडीचौरमा क्याम्पस स्थापना भएकाले अखिल क्रान्तिकारीले मात्रै संगठन विस्तार गर्ने भन्दै नेवि संघ नछाडे हात खुट्टा भाचेर माडी खोलामा बगाइदिने भन्दै पटक पटक धम्की दिएको नेवि संघका विद्यार्थीहरुको गुनासो छ । कोठामै गएर धम्की दिन थालेपछि विद्यार्थीहरुले क्याम्पस प्रशासनमा जानकारी गराएका थिए । क्याम्पस प्रशासनले सम्झाउदा पनि धम्की दिने क्रम नरोकिएपछि नेपाल विद्यार्थी संघ रोल्पाले जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएको थियो ।

    उजुरीका आधारमा सोमवार जिल्ला प्रहरी कार्यालय रोल्पाले दोलखा घर भएर उक्त क्याम्पसमा अध्ययनरत धम्की दिने विद्यार्थी शिव बस्नेतलाई बोलाई आगामी दिनमा धम्की दिएमा कारबाही गर्ने सर्तमा दुबै पक्षबीच मिलापत्र गरेको छ ।

    नेपाल विद्यार्थी संघ रोल्पाका अध्यक्ष शेरबहादुर थापाले दिनुभएको उजुरीका आधारमा धम्की दिने विद्यार्थी र पीडित विद्यार्थीहरुबीच मिलापत्र गरिएको हो ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…