• एजेन्सी । ओस्मान डेम्बेलेले अन्तिम मिनेटमा गोल गरेपछि रियल भालाडोलिडमाथि जित निकाल्दै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । ला लिगामा बार्सिलोनाको यो लगातार छैटौं लिग हो ।

    यो जितले बार्सिलोनालाई शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी १ अंकमा ल्याएको छ । शनिबार एट्लेटिकोले सेभियासँग पराजय ब्यहोरेको थियो ।

    एट्लेटिकोको २९ खेलबाट ६६ अंक छ भने सामान खेलबाट बार्सिलोनाको ६५ तथा रियल मड्रिडको ६३ अंक छ । लिगमा ९ खेल बाँकी रहँदा उपाधिमा तीनै टोलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    लगातारको प्रयासमा गोल गर्न नसकेको बार्सिलोनाका लागि यो निराश दिन बन्ने लक्षण देखिएको थियो । तर ७८ औं मिनेटमा डेम्बेलेमाथि नै खतरनाक फल गरेपछि भालाडोलिडका ओस्कार प्लानोलाई रेफ्रीले रातो कार्ड देखाए । यो कार्डको बारेमा विवाद भने बढिरहेको छ ।

    त्यसयता खेलमा हावी भएको बार्सिलोनाका लागि अन्तिम मिनेटमा रोनाल्ड आरउजोको फ्लिक पासमा डेम्बेलेले भली गोल गरे । पहिलो हाफमा दुवै टोलीले गोलका अवसर खेर फालेका थिए ।

    बार्सिलोनाले अर्को शनिबार लालिगा अन्तर्गतको एल क्लासिको खेल्दैछ भने अर्को महिना एट्लेटिकोको सामना गर्दैछ । यी दुई खेलको नतिजाले उसको उपाधिको भविश्य पनि निर्क्यौल गर्नेछ ।

सम्वन्धित समाचार

 नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्न…

काठमाडौँ, ४ कात्तिक  गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कार…

अविरल वर्षासँगै मावा खोलामा नदीमा आएको बाढीले उर्लाबारी-९ उच्च जोखिममा परेको छ। मौसममा आएको परिवर्तन…

मोरङ । मोरङको पथरी शनिश्चरे नगरको बिभिन्न स्थानमा खोला पस्दा सयौं बिगाहा धानबालीमा नोक्सानी भएको छ ।&nbs…