• काठमाडौं । आफ्नो शानदार अभिनयबाट सिनेप्रेमीको दिलमाथि राज गर्न सफल बलिउड अभिनेतृ श्रीदेवी यो अनन्त संसारबाट विदा भएकी छिन् । जब श्रीदेवीको हृदयको गति रोकियो यो सँगै मुम्बईको फिल्म ईन्डस्ट्रिजले पनि आफ्नो ठूलो मान सान चुकाएको छ । उनको आईतबार हृदयको गति रोकिने रोग कार्डिएक अरेस्टका कारण ५४ सालको उमेरमा नै निधन भएको हो ।

    उनी हिन्दी फिल्मका पहिली सुपरस्टार पनि हुन् । उनको यो निधनपछि मुम्बईले पार्थिव शरीरलाई भने पनि विदाई नगरी बस्न सकेन । त्यसैले सारा सिनेप्रेमीहरुको आग्रह अनुसार नै उनको पार्थिव शरीरलाई मुम्बईमा लगिने भएको छ। श्रीदेवीले २०१३ सालमा पद्मश्री पुरस्कार समेत पाएकी थिईन् । उनको निधनपछि भारतका राष्ट्रपति र प्रधानमन्त्रीले समेत दुख व्यक्त गरेका छन् ।

    कपुर खानदानसँग विवाह गरेकी श्रीदेवी आफ्ना पतिसँगै एउटा विहेमा सहभागी हुनको लागि दुबईमा पुगेकी थिईन् । उनको त्यहीँ निधन भएको हो। चालबाज फिल्ममा श्रीदेवीसँग काम गरेका दक्षिण भारतीय सुपरस्टार रजनीकान्त भनेका छन् कि, 'उनी मेरी एकदमै निकट साथी थिईन् । उनको मृत्युले मलाई एकदमै दुखी बनाएको छ । यो एउटा ठूलो नोक्सानी हो । उनी जन्मजात कलाकार थिईन् ।'

    कस्तो रह्यो बलिउडमा 'चाँदनी'को यात्रा
    बलिउडमा श्रीदेवीको नाम 'चाँदनी' हो । उनले यही नामबाट सन् १९७८ सालमा आफ्नो फिल्म यात्रा सुरु गरेकी थिईन् । फिल्म 'सोलवा सावन' उनीद्वारा अभिनित पहिलो चलचित्र थियो । तर, उनलाई फिल्म क्षेत्रमा प्रवेश गरेको ५ वर्ष पछि फिल्म हिम्मतवालाबाट सफलता मिल्न सुरु भएको हो । यस फिल्ममा जितेन्द्रले लीड एक्टरको रुपमा अभिनय गरेका छन् ।

    यसपछि फिल्म 'मवाली', 'तोहफा', 'मिस्टर इन्डिया' तथा 'चाँदनी' जस्ता फिल्मबाट श्रीदेवीले देश तथा विदेशका दर्शकको समेत मन जित्न सफल भएकी हुन् । उनको निधनले बलिउडले एउटा प्रतिभावान कलाकार मात्रै गुमाएन आम दर्शकले शानदार अभिनयकी प्रतिमूर्ति श्रीदेवीलाई गुमाएका छन् । यस्तो अवस्थामा मुम्बईले श्रीदेवीको पार्थिव शरीरलाई भनेपनि अन्तिम विदाई गर्ने तयारी गरिरहेको छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…