•  अहिले नेपालको परिस्थिति अन्योलपूर्ण अवस्थाबाट गुज्रिएको छ । संसद्को पुनस्र्थापनापछि मुलुकमा केही आशाका किरणहरू देखा परेका थिए । संसद् पुनस्थापना भयो तर, सर्वोच्च अदालतले एकीकृत भएर तीन वर्षसम्म जीवित रहेका अनेकन महत्वपूर्ण निर्णयहरूमा सहभागी भइसकेका आम निर्वाचनमार्फत जनताबाट अनुमोदित भइसकेका र नेपाली जनताको आशा र अपेक्षाको केन्द्रबिन्दु बनेको पार्टीबारे फैसला ग¥यो । नेपाल कम्युनिस्ट पार्टी सर्वोच्च अदालतको अर्को फैसलाबाट विभाजित भएपछि पूर्वनेकपा एमाले र पूर्वमाओवादी केन्द्र ब्यँुतिए । त्यसपछि मुलुकको परिस्थितिमा ठूलो परिवर्तन आएको छ ।


    हामी अगाडि बढ्नेभन्दा पनि पछाडितिर फर्किएका छांै । हामी सर्वोच्च अदालतको फैसलाबाट तीन वर्ष अगाडिको अवस्थामा पु¥याइएका छौं । यो अवस्थाबाट हामीले अब पार्टीलाई कसरी अगाडि बढाउने ? संसदीय दललाई कसरी अगाडि बढाउने ? मुलुकलाई कसरी अगाडि बढाउने ? यसमा समस्या उत्पन्न भएको छ । ती समस्याहरूको समाधानका लागि नेकपा एमालेले जेठ २ गते फर्केर त्यसलाई प्रस्थान बिन्दु बनाउनु अनिवार्य छ । हाम्रो पार्टीको केन्द्रीय कमिटी, केन्द्रीय निकायहरू, सम्पूर्ण जनवर्गीय संगठनहरू माथिदेखि तलसम्म जेठ २ गतेको अवस्थामा फर्कनुपर्दछ । त्यसरी फर्केर अगाडि कसरी बढ्ने भन्ने सन्दर्भमा पार्टी कमिटीको एकीकृत र पूर्ण बैठक राखेर छलफल गरी अगाडि बढ्नुपर्दछ । त्यो भयो भने मात्रै नेकपा एमालेले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।

    यो देशमा जुन ढंगले वामपन्थी सरकार बनेको हो त्यो सरकारलाई टिकाएर लाने हो भने वामपन्थीहरूबीचमा उन्नत किसिमको एकता कायम गर्ने, पार्टीलाई एकताबद्ध गर्ने, बाटोबाट अगाडि बढ्नुपर्छ । तर, वामपन्थी आन्दोलन र पार्टीलाई विभाजित हुने खालका क्रियाकलापहरू गरियो भने मुलुकको परिस्थिति अहिले जनि अन्योलपूर्ण छ । यो अन्योल अझै घनिभूत हुँदै जाने अवस्था छ । देशका वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरू एकताबद्ध भएर एक ठाउँमा आउनुपर्छ ।


    अबको राजनीतिक सहमतिको बिन्दु भनेको पनि वर्तमान संविधानले अख्तियार गरेका जुन मर्म र भावनाहरू छन् । तिनीहरूलाई केन्द्रमा राखेर संविानलाई राम्रो ढंगले कार्यान्वयन गर्ने, त्यसलाई ठीक ढंगले व्यवहारमा लागू गर्ने र रक्षा गर्ने र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ गर्ने नै हो । र, मुलुकलाई समयानुकूल अगाडि बढाउने कुरामा जोड दिएर नै राजनीतिक पार्टीहरूले एकआपसमा बलियो सम्बन्ध बनाउन सक्छन् । यसरी साझा रूपमा एक ठाउँमा उभिएर मुलुकलाई अग्रगमनतिर जान सक्छन् ।
    अहिले राष्ट्रिय सहमतिका थुप्रै मुद्दाहरू छन् । देशमा गरिबी छ, त्यसलाई उन्मूलन गर्ने सम्बन्धमा राष्ट्रिय सहमति हुन सक्छ । राष्ट्रियताको सवालमा राष्ट्रिय सहमति गर्न सकिन्छ । मुलुकका साधन, स्रोतहरूको विकास गर्ने मामलामा राष्ट्रिय सहमति गर्न सकिन्छ । हाम्रो विदेश नीतिका सवालमा राष्ट्रिय सहमति गर्न सकिन्छ । आजको विश्व परिस्थितिका सन्दर्भमा पनि राष्ट्रिय सहमति गरेर अगाडि बढ्न सकिन्छ । यी विषयमा राष्ट्रिय सहमतिका लागि हामीले प्रयास गर्नुपर्छ ।

    माथि उल्लेखित विषयमा टेकेर प्रयास गरियो भरियो भने राष्ट्रिय सरकार बन्ने सम्भावना छ । तर, त्यो कुरा निकै कठिन छ । किनभने राजनीतिक पार्टीभित्र गुटबन्दीको रोग अत्यन्त नराम्रोसँग लागेको छ । त्यसको कारणले गर्दा हरेक पार्टीभित्र साना–साना गुटहरू देखा परेका छन् । ती गुटहरूले गर्दा पार्टी नै विभाजित हुने हो कि भन्ने खतरा पैदा भएको छ । त्यसकारण राष्ट्रिय सहमति निर्माण गर्न धेरै कठिन छ । तर, राष्ट्रिय सहमति मुलुक र जनताको लागि आवश्यकता हो ।

    जबसम्म हाम्रो विभाजित छ भन्ने सन्दर्भ आएको छ । यसमा हाम्रो पार्टी नेकपा एमालेको नवौं महाधिवेशनका कार्यदिशा नीति, सिद्धान्त, विधान, पद्धति, विधि अनुरूप पार्टीलाई एकताबद्ध, पुनर्गठन, सुदृढीकरण, शुद्धीकरण अगाडि बढाउनुपर्छ भन्ने पक्षमा हामी छौं । पार्टीभित्र दुई धारहरू प्रस्ट रूपमा देखिएका छन् । ती दुई धारका साथीहरूबीच आवश्यक पूर्वाधार निर्माण गरेर एकआपसमा छलफल, बहसद्वारा एउटा निष्कर्षमा पुगेर अगाडि बढ्न जरुरी छ । त्यसरी पार्टीभित्रका समस्या समाधान गरेर मात्रै अगाडि बढ्न सकिन्छ ।- रिपोर्टर्स क्लब नेपालको स्मारिकामा प्रकाशित पूर्वप्रधानमन्त्री झलनाथ खनालको विचार

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…