भोली शुक्रबारबाट हलमा एभरेष्ट सुर्य बोहरा निर्देशित चलचित्र ‘श्री’ प्रदर्शनमा आउँदैछ । सुरुमा ओटीटीमा प्रदर्शन गर्ने तयारीमा मात्रै रहेको निमार्ण टिम वितरक करण श्रेष्ठको पहलमा हलमा प्रदर्शन हुँदैछ । चलचित्र प्रदर्शनको बारेमा केहीदिन पहिले राजधानीमा आयोजित एक कार्यक्रमका वीच जानकारी दिइयो ।
नयाँ वर्षको अबसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दिप क्षेत्री, बर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रबिन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा (काजी), मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् । ‘श्री’ का प्रमुख पात्र सन्दिप क्षेत्रीले 'श्री' आफ्ना लागि निकै महत्वपूर्ण रहेको बताए । उनले निर्देशक बोहराले आफूलाई कमेडीबाहेकको भूमिकामा समेत विश्वास गरेर अवसर दिएकोमा धन्यवाद व्यक्त गरे । ‘मैले अहिलेसम्म अभिनय गरेको चलचित्रहरुमध्ये ‘श्री’ उत्कृष्ट छ ।
एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको सिनेमाको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना सहित छायांकन गरिएको थियो । सामाजिक कथामा निर्माण गरिएको सिनेमाको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सह निर्मातामा यम बराल, सूर्य सिम्खडा साइराम, बाल शर्मा टाइगर र सिन्धु पौडेल गौतम छन् । सिनेमामा शिवम् अधिकारको लेखन, सुदीप कुँवरको मुख्य सहयाक निर्देशन, सुजन बडालको सम्पादन र एलिस कार्कीको ब्याकराउन्ड स्कोर छ ।
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        