• नायिका रेखा थापाको क्रेजका कारण दर्शक हल फर्किएका छन । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘उपहार’ले बिहानी शोमा सुखद सुरुवात गरेको छ । काठमाडौंमा त ब्यापक चकिरहेको छ भने देशभरका हलमा दर्शकको अकुपेन्सी उच्च देखिएको छ ।

    दमक डि म्याक्समा २:४५ का सो हेरेका ओखलढुंगाका कैलास दाहालले फिल्मले सबैको मन जितेको बताए । उनले भने, यो फिल्म मेयर बालेन शाहले हेर्नु पर्ने रहेछ । पुर्वमा दर्शकको चाप उच्च देखियो । फिल्म हेरेर आएका अधिकांश दर्शकले यसको विषयवस्तु, कमेडी र कलाकारको अभिनयको खुलेरै तारिफ गरे । दर्शकले भने–‘फिल्मले अहिलेको समसामयिक विषयवस्तुलाई उठाएको छ । साथमा, यसको कमेडी गज्जबको छ । लामो समयपछि एउटा रमाइलो र मीठो कथामा फिल्म हेर्न पाइयो ।’

    दर्शकले फिल्म मन पराएपछि नायिकाद्धय पूजा शर्मा र बेनिशा हमाल उत्साहित देखिए । उनीहरुले, देशभरका हलमा दर्शकको चाप उच्च रहेको र सुखद प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरे । फिल्मका नायकहरू मुकुन भुसाल, समर्पण जंग कार्की पनि निकै खुशी देखिएका थिए । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले बिहानैबाट दर्शकको चाप हलमा देखिएको र उत्कृष्ट प्रतिक्रिया पाएको भन्दै आफूहरूको मिहिनेत सफल हुने बाटोमा रहेको बताए ।

    फिल्मका वितरक करण श्रेष्ठले थुप्रै हलमा बिहानी शोमा दर्शकको चाप उच्च रहेको भन्दै यसलाई सुरुवात मात्र भनेका छन् । उनले, केही हलमा लामो समयपछि बिहानी शोमा दर्शक आएको समेत बताए । नायिका रेखा थापाले अमेरिकाबाट खुशी व्यक्त गरिन् । उनले, फिल्मलाई दर्शकले मन पराएको सुनेर खुशी लागेको सुनाइन् । फिल्मको दिवा र रात्रिकालीन शोहरुमा समेत दर्शकको चाप उच्च देखिएको छ । यसैले, अबको व्यापार फिल्मको सुखद हुने पक्का छ ।

सम्वन्धित समाचार

तेजन खड्का काठमाडौं, फागुन २९ अपार्टमेन्टको कथाबाट सुरू हुन्छ, चलचित्र उपहार। संर्घषका दिनमा अपार्टमेन्ट…

काठमाडौं। आजबाट शुक्रवारबाट प्रदर्शनमा आएको नायिका रेखा थापाको फिल्म उपहारले दर्शकको उल्लेख साथ पाएको छ ।…

 आजबाट हलहलमा नायिका रेखा थापाको बहुप्रतिक्षित फिल्म उपहार प्रर्दशनमा आउँदैछ । अघिल्ला चलचित्रको समयम…

 अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ । यतिबेला साउथ …