गौरादह । गौरादह नगरपालिका वडा न. १ सितापुरीमा आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । मोती माध्यमिक विद्यालयसँगै रहेको अम्बर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा घर-गोठ पुर्णरुपमा जलेर नष्ट भएको स्थानीय काजी गजमेरले जानकारी दिएका छन् ।
बिहीबार करिब १ बजेतिर आगलागी भएको हो । आगलागीको जानकारी पाएपछि ढिलो गरी पुगेको गौरादह नगरपालिकाको दमकलले नियन्त्रणमा लिन नसके पश्चात् दमक नगरपालिका बाट थप २ वटा दमकल आएर आगलागी नियन्त्रणमा लिएको थियो ।
 आगलागी हुँदा घरमा एक्लै रहेका श्रेष्ठलाई स्थानीयले समयमै उद्धार गर्न सफल भए पनि सो घरमा रहेको १ थान साइकल र केहि थान कपडा बाहेक अन्य सम्पूर्ण सामाग्री जलेर पूर्ण रूपमा नष्ट भएको स्थानीय काजी गजमेरले बताए ।
 
शारीरिक अशक्त घरधनी श्रेष्ठले केही समय पहिले दुर्घटनामा परि एउटा खुट्टामा गुमाएका थिए । हाल उनकी श्रीमती माइत गएको समयमा सो घटना भएको जनाइएको छ ।
 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        