शुक्रबार नेपालका विभिन्न क्षेत्रमा वर्षाकाे सम्भावना रहेकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापिय प्रणालीको पनि प्रभाव रहेको छ।
यसले गर्दा शुक्रबार दिउँसाे प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ। साथै देशका पश्चिमी तथा मध्य पहाडी तथा तराईका केही भूभागमा हल्का तुवाँलो समेत लाग्न सक्ने सम्भावना छ ।
शुक्रबार राति देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार शनिबार र आइतबार पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ।