• काठमाडौँ 

    नेकपा (माओवादी केन्द्र)बाट नेकपा (एमाले) प्रवेश गरेर सांसद पद गुमाएका चार मन्त्रीको आज शपथ हुने भएको हो । राष्ट्रपति कार्यालयले साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखेको जानकारी दिएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले शुक्रबार ५ बजे लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीको शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए ।

    फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले केपी शर्मा ओली र पुष्पकलम दाहाल नेतृत्वको नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएको थियो । नेकपा नाम भने अदालतले ऋषि कट्टेललाई दिएको थियो ।

    त्यसपछि ब्युँतिएका एमाले र माओवादी सांसद विगतमा जुन पार्टीबाट जितेका हुन् त्यतैतिर लागेका थिए । भट्ट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए भने रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । रौतहट ३ बाट निर्वाचित साह र कैलाली ३ निर्वाचित चौधरी पनि माओवादी छोडेर एमाले केपी ओली समूह तिर लागेका थिए ।

     भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रायमाझी ऊर्जा, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन। 

    माओवादी संसदीय दलका नेता पुष्पकलम दाहालले संसद् सचिवालयलाई पत्र लेखेर यी चार सांसदले दल त्याग गरेको सूचना दिएका थिए ।

     उक्त सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा वाचन गरेर जानकारी गरेर जानकारी दिएका थिए । सभामुखले संसद् बैठकलाई दिएको उक्त जानकारीसँगै चारैजनाको सांसद पद बिहीबार मात्रै खारेज भएको थियो । ।

    मन्त्रीको शपथ लिएपछि उनीहरू संवैधानिक प्रावधानअनुसार ६ महिना मात्रै मन्त्री बन्न पाउनेछन् । सांसद् नभएको व्यक्ति ६ महिनामात्र मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…